पोष्टपाटी/भदौँ २५, काठमाडौँ ।
चर्चित लोक गायिका बिष्णु माझी आवाजको दुनियामा लोकपारखीहरु सामु निकै परिचित नाम हो, सम्भवतः उनको आवाजलाई नचिन्ने स्रोताहरु कमै होलान । तर उनको अनुहार भने प्रत्यक्ष कसैले देख्न पाएका छैनन् ।
सुमधुर स्वरकी धनी लोक गायिका बिष्णु माझी पछिल्लो पर्दा पछाडी गुमनाम छिन ।
उनले हजारौँ गीतमा स्वर दिएकी छिन् तर अचम्मको कुरा के छ भने उनको गीत रेकर्ड गर्ने प्राविधिकहरुले समेत उनको रुप देख्न पाउँदैनन् । यतिमात्र होइन उनलाई गीत गाउन लगाए बापात एउटा गीतको ४० हजार तीर्नेहरुले पनि उनको अनुहार देख्न पाउँदैनन् ।
कलाकार सुन्दरमणी अधिकारीले नेपाली लोकसंगीतमा स्थापित गराए पनि उनलाई भने गुमनाम बनाएका छन्, जसका कारण स्रोताहरुको आलोचनामा पर्ने गर्छन ।
स्रोतका अनुसार सुन्दरमणी कै कारण बिष्णु माझी आज पनि पर्दा पछाडि लुकेर गाउन बाध्य छिन् । उनले स्टूडियोमा गीत रेकडै गर्दा समेत पर्दा लगाएर बत्ती पनि निभाएर गीत गाउने गरेकी छिन् ।
सायद यस्तो सुन्दा धेरैलाई अचम्म लाग्छ, कि हाम्रो जस्तो प्रजातान्त्रिक मुलुकमा चर्चित गायिकाहरु पर्दा पछाडी छिप्नु परेको छ। आधुनिक श्रब्य दृश्यले घर जमाएको यो युगको दासी त होइन होला, यस्तै यस्तै संकाहरुले अनौठो बनाएको छ।
यसरी गर्छिन् बिष्णु माझीले स्टुडियोमा गीत रेकर्ड :-
https://youtu.be/NvA2drqC-iI
प्रतिक्रिया दिनुहोस