पोष्टपाटी/पोखरा
तत्कालिन नेकपा माओबादीले २०६३ सालमा खोप्लांगे साहुबाट २ करोड बढी रकम लिएर पिडितको मुद्दालाई साम्य पारेको गम्भीर खुलासा भएको छ ।खोप्लाङ्गे साहुले जालसाँचि गरि जग्गा हडप्ने काम गरेको र सरकारी अदालतले समेत खोप्लाङ्गे साहुकै नाममा जग्गाको फैसाला गरेपछी पिडित कृष्ण थापाले न्यायका लागि माओबादी समक्ष उजुरी दिएका थिए।
पिडित कृष्ण थापाले २०६३ सालमा तत्कालिन नेकपा माओवादीलाई फैसला गरिदिन उजुरी गरेपछी केवल १० लाख दिएर माओबादीले आलटाल गरेको गुनासो पोखेका छन् । मुद्दा मिलाउने भन्दै खोप्लाङ्गे साहुबाट पैसा खाएर मुद्दा साम्य पारियो, मैले अझै न्याय पाएको छैन, पिडित थापाले भने।
इमान्दार मिडियाका अनुसार तत्कालिन माओबादी जिल्ला सह-इन्चार्ज रामजी बराल, पार्टीका राज्य समिति सचिव तथा केन्द्रीय अध्यक्ष हरि अधिकारि ‘कुमार’ र पोखराका स्थानीय नेता भुमि पराजुलीले २ करोड रकम लिएको पिडित कृष्ण थापाले बताए।
यता माओवादी केन्द्रका कार्यकर्ताहरुले रकम चलखेलमा आफ्नो पार्टी मुछिएको भन्दै जवाफ मागेका छन् र नेताहरुले उक्त रकमबाट पोखराको शिवालय चोकमा १ करोड २६ लाखमा पार्टी कार्यलय किनेको बताउदै आएका छन्।
त्यसपछि नेपाल कम्युनिस्ट पार्टी जनसरकार कास्कीले बिवादिद न्युरोडमा रहेको खोप्लाङ्गे साहुको जग्गा कब्जा गरि झण्डा गाडेको छ । खोप्लाङ् काण्डले चर्चित बिष्णु कुमार श्रेष्ठको जग्गा नेकपाको जनसरकारबाट कब्जा भएको हो ।
खोप्लाङ्गे साहुले जालसाँचि गरि जग्गा हडप्ने काम गरेकोले उक्त जग्गा अहिले नेकपाको जनसरकारले कब्जा गरि झण्डा गाडेको छ । सरकारी अदालतमा आर्थिक चलखेल गरि खोप्लाङ्गे साउले आर्कैको जग्गा आफ्नो नाउमा गराएको र तत्कालीन माओवादीहरु पनि आर्थिक चलखेलमा सरिक भएको भन्दै उक्त जग्गा कब्जा गरेको कास्की जन सरकार प्रमुख जगन तिवारीले बताए ।
खोप्लांगे साहुले स्थानीय माओबादी नेता भुमि पराजुलीको नाममा आफुलाई १० लाखको चेक काटेर दिएको थापाले स्वीकारे । खोप्लांगे साहुको भने निधन भैसकेको छ ।
रमाकान्त बास्तोलाको सहयोगमा तयार पारिएको
प्रतिक्रिया दिनुहोस