मेसीको ३८ औं ह्याट्रिक, रियल मड्रिड फेरी बराबरीमा रोकियो


भाद्र २५, २०७४-लियोनल मेसीको ह्याट्रिक मदतले बार्सिलोनाले स्पेनी ला लिगाको क्याटलान डर्बीमा शनिबार राति इस्पनयोललाई ५–० को फराकिलो अन्तरले हरायो ।

अर्जेन्टिनी फरवार्ड मेस्सिको यो बार्सिलोनाका लागि ३८ औं ह्याट्रिक हो । उनले २६, ३५ र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यस खेलमा विश्वका दोस्रो ठूलो महँगा खेलाडी डेम्बेलेले दोस्रो हाफमा डेब्यु गरे । उनी बार्सिया डर्टमन्डबाट कीर्तिमान १३ करोड ५० लाख पाउन्डमा बार्सिलोना आएका हुन् । उनी ६८ औं मिनेटम सबस्टिच्युडको रुपमा मैदान छिरेका थिए र ९० औं मिनेटमा लुइस स्वारेजको गोलका लागि असिस्ट गरेका थिए ।

यस्तै ८७ औं मिनेटमा जेराड पिके तथा ९० औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले ५–० को शानदार जित दर्ता गरेको हो ।

यो जितपछि बार्सिलोना तीन खेलबाट नौ अंकसहित शीर्ष स्थानमा छ ।

रियल मड्रिड र लेभान्टेको खेल बराबरी, मार्सेलोलाई रेड कार्ड

त्यसै गरि शनिबार नै ला लिगामा रियल मड्रिडलाई र लेभान्टेले १–१ गोलको बराबरीमा रोकेको छ । प्रतिबन्धमा रहेका रोनाल्डो बिना उत्रिएको रियल मड्रिडसँगको खेलको सुरुमा नै लेभान्टेले गोल गरेका थिए ।

खेलको १२ औं मिनेटमा लेभान्टेका लागि इभान लोपेज अल्भारेजले गोल गरेका थिए । रियलका लागि भने ३६ औं मिनेटमा लुकास भाजक्वेजले गोल गरेका थिए ।

खेलको २८ औं मिनेटमा रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाको खुट्टामा समस्या आएपछि उनको ठाउँमा ग्यारेथ बेल आएका थिए । पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् । पटकपटक पाएको अवसरलाई रियल मड्रिडले गोलमा परिणत गर्न भने सकेन । लेभान्टेका गोलरक्षकले रियलको प्रहारलाई पटकपटक विफल पारिदिए ।

खेलको ८८ औं मिनेटमा रियल मड्रिडका डिफेन्डर मार्सेलो रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । रियल मड्रिडले तीन खेलबाट ५ अंक जोडेको छ ।यो समान तीन खेल खेलेको रियल म्याड्रिडको भन्दा चार अंकको अग्रता हो । रियल छैटौं स्थानमा छ । उसले एउटामा जित र दुईवटामा बराबरी गरेको छ ।

 

२५ भाद्र २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको