रोल्पामा एमाले गाउँ पस्यो, विभिन्न पार्टीबाट ७०८ जना एमालेमा प्रबेश


पोष्टपाटी/डि.बी. बुढाथोकी 

रोल्पा/ नेकपा एमाले रोल्पाद्वारा आयोजित बृहत जनसभा सुवर्णवती गाउँपालिका सुलिचौरमा भब्य सम्पन्न गरेको छ। “समृद्धि, समानता र सबल राष्ट्र निर्माणको आधार । गाउँ देखि केन्द्र सम्मै एमालेको सरकार” भन्ने नाराका साथ सम्पन्न जनसभामा विभिन्न पार्टीबाट गरि ७०८ जना एमाले पार्टीमा प्रबेश गरेका छन।

बर्तमान उपराष्टपति नन्दकिशोर पुन`पासङ´को गृहजिल्ला तथा जनयुद्धको उद्घमथलो रोल्पामा माओबादी केन्द्रबाट पनि एमालेमा प्रबेश गरेकाछन । त्यसैगरि काङ्ग्रेस, राप्रपा संघीय समाजबादी फोरम र जनमोर्चा नेपालबाट पार्टी त्यागगरी ठुलो संख्यामा एमालेमा प्रबेश गरेका हुन् ।

जनसभाको प्रमुख अतिथिमा नेकपा एमालेका केन्द्रिय उपसचिव तथा पुर्व अर्थमन्त्रि बुष्णु पौडेल रहनु भएको थियो भने विशिष्ट अतिथिमा नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा सांसद गोकुलप्रसाद घर्ति रहनु भएको थियो ।

जनसभाको संचालन अखिल नेपाल महिला सघ रोल्पाकि अध्यक्ष इश्वरी जीएमले गर्नु भएको थियो भने जनसभाको सभापति नेकपा एमालेका जिल्ला अध्यक्ष हरि घर्तीले गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बिष्णु पौडेलले एमालेमा प्रबेश गर्नेहरुलाइ क्षमता र योग्यता अनुसारको जिम्मेवारी दिन नेकपा एमाले रोल्पालाई मंचबाटै निर्देशन गर्नु भएको थियो । पौडेलले सम्बोधनका क्रममा भन्नू भएको थियो `१० बर्से जनयुद्दमा बन्दुक बोक्न र रगतको खोला बगाउन मात्र सिकायो तर बिकाश गर्न सिकाएन, अब रोल्पाको समृद्धि, रोल्पाली बिकास र जनको जीवनस्थर उठाउनको निम्ति एमालेले जिम्मा लिनेछ´।

जनसभालाइ सम्बोधन गर्दै पौडेलले रोल्पाको लागि आगामी कार्ययोजनामा दाङको भालुवांगदेखि रोल्पाको लिवांगसम्म दुई लेनको मोटर बाटो निर्माण गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे।

त्यसैगरि रोल्पाका सासद गोकुलप्रसाद घर्तिले १० बर्ष जनयुद्दमा रोल्पाली जनताले पाएका अनेक किसिमका कस्ट र पिडा जनताको निम्ति थिएँन, त्यो केवल नेताको निहित स्वार्थको लागि थियो तर नेकपा एमाले बर्गीय तथा राष्ट्रिय स्वार्थकोलागि सधै तत्पर रहने बताए |

२६ श्रावण २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको