कान्छिवारा फुटवल क्लवले आफ्नो चौथों बार्षिक उत्सव मनायो, FC कोटडेरा भयो प्रथम


कान्छिबारा फुटबल क्लबको चौँठो बार्षिक उत्सवको अवसरमा भईसकेको दशैँ तिहार कप भर्खरै सकिएको छ । असोज १४ गते देखि शुरु भएको खेल २१ गतेसम्म चलेको थियो ।

खेलमा १८ टिमको सहभागी थियो भने प्रथम FC कोटडेराले हात पार्न सफल भएको थियो भने क्रमश: दोस्रो-फुलबारी क्लब स्युरूम र तेस्रो-धारा टिम भएको मैकोटका बिर्द पुन मगरले पोष्टपाटीलाई बताउनु भयो ।

२०७१ असोज ५ गते स्थापना गरिएको यो क्लवले हरेक बर्ष आफ्नो बार्षिक उत्सव मनाउदै आईरहेको छ । पुर्वि रुकुमको पुथाउत्तरगङ्गा गाउँपालीका अन्तर्गत मगरहरुको ऐतिहासिक गाउँ मैकोटमा युवाहरुलाई ध्यानमा राखेर फुटवल लगायत विभिन्न खेलकुदहरुको आयोजना गरिन्छ ।

सास्कृती पक्षलाई ध्यानमा राखेर त्यहाँका युवाहरुले परम्परागत झाकी, डिग्रे, मयुर नाच, सिङ्गारु जस्ता लोपोन्मुख नाचहरुलाई पनि अगाडि बढाएको पाइन्छ ।

मगरहरुले दशै मनाउनु हुँदैन भन्ने बहस चलिरहेको वेला मैकोटमा भने आफ्नै किसिमले दशै मनाउने चलन छ । हरेक बर्ष मैकोटको शिरमा ठडिएको चट्टानै चट्टानमा वनेको मस्ताथानमा मस्ता पुजा गरिन्छ ।

३३ कोटे देवता मध्ये मैकोटको यो मस्ता थानको देवता पनि एक मानिन्छ । केही बर्ष यो थानलाई पुनर्निर्माण गर्दा सयौं बर्ष पुराना मुद्राहरु फेला परेका थिए ।

२०७४ आश्विन २३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको