काँग्रेस र फोरम कार्यकर्ताबीच झडप, दुई दर्जन भन्दा बढी घाइते


रौतहट—रौतहटमा नेपाली काँग्रेस र फोरम लोकतान्त्रिकका कार्यकर्ताबीच भएको कुटाकुटमा करिब २५ जना घाइते भएका छन्। रौतहटकोे इशनाथनगरपालिका वडा नम्वर ५ जोकहा टनेलानमा आइतवार राति नेपाली काँग्रेस र फोरम लोकतान्त्रिक नेपालको कार्यकताबीच झडप भएको हो।

चुनावको विषयमा विवाद हुँदा झडप भएको बताइएको छ। झडप हेर्न गएका स्थानीय सलाउद्दिन खानको ७ बर्षिाया छोरी आयसा खातुनको टाउकोमा गम्भीर चोट लागेको छ। अन्य घाइतेलाई राति नै जिल्ला अस्पताल गौर पु¥याएर उपचार भइरहेको छ। गौर अस्पतालले गम्भीर घाइते बालिकालाई थप उपचारका लागि वीरगन्ज रेफर गरेको छ।

झडपको सूचना पाउनासाथ घटनास्थलमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन भएको थियो। रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेल घटनामा संलग्नहरुको खोजी भइरहेको बताए। नागरिक दैनिकमा खबर छ |

२३ आश्विन २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको