नाक हेरेर भोट माग्नेहरूले नेपाल आइडलका प्रतिभाहरुलाई हराए


अन्सु अनु थापा 

कला र गलाको आधारमा भोट गरौँ भन्नेहरु चाहिँ बास्तबमा जात हेरेर भोट गर्दा रहेछन् । कला र गला हुनेहरु त बाहिरी सके भर्सटाइल जुनसुकै गित गाउन सक्ने सागर, आले सुरज थापा जस्ता प्रतिभालाइ नेपाल आइडियल बन्न नदिने जाती अतिवादीहरुले सङ्गीत नै बुझेका छैनन् ।

सङ्गितको न कुनै जात हुन्छ, न त कुनै थर! सङ्गीत,सङ्गीत हो संङ्गितले जित्नुपर्छ, संङ्गितले जित्नु भनेको प्रतिभाले जित्नु हो।

मेरो फेसबुकमा भएका आदिवासी जनजाती तथा क्षेत्री बाहुन साथीहरूको स्टाटस हेर्छु कला र गलालाइ सम्मान गरौँ भन्ने उहाँहरु भोट चाहिँ आफ्नै जातकालाइ मागी रहेका हुन्छन्! नाक हेरेर भोटको अपिल गरेरहेको हुन्छन् ।

जनजाती साथिहरु बुद्धकोलागि भोट माग्छन् क्षेत्री बाहुन निसानको लागि! जस्ले जस्तोसुकै पर्फमेन्स् गरोस् यी जाती अतिवादीहरुलाइ आफ्नै प्यारो लाग्ने यै हो कला र गलाको सम्मान ? यो नै हो प्रतिभाको कदर ? थोरै औलामा गन्न सकिने मात्रै देखे कला र गलालाइ साचो अर्थमा सम्मान गर्नेहरु। प्रतिभाको कदर गर्न जान्नेहरु ।

थापाको सामाजिक संजाल फेसबुकबाट 

२४ भाद्र २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको