नुवाकोटमा बस दुर्घटना, ४ जनाको मृत्यु, उद्धार जारी


काठमाडौँ । काठमाडौंबाट छहरे नुवाकोटका लागि छुटेको बा १ ख ६३४८ नम्बरको यात्रुबहाक बस टोखा-छहरे सडक खण्डको शिवपुरी ७ गुरुङ गाउँमा मध्यान्ह पौने १२ बजे दुर्घटनामा परेको छ । घटनास्थलमा अहिले स्थानीय र सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् ।

उक्त बस दुर्घटनामा परि चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बस सडकवाट एकसय मिटर तल भीरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार वस्यालले जानकारी दिए ।

घटनास्थलको प्रकृति हेर्दा मृतक र घाइतेको संख्या वढ्न सक्ने प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट ट प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ पठाइएको छ ।

२०७४ भाद्र २४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको