भदौ २४, कलैया। पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धमा १३ हजार नेता-कार्यकर्ताले मधेशमा बलिदान गरेपछि मात्रै मधेशी दलले संघीयता भन्न पाएकाे बताउनु भयाे।
कलैया बलरामपुरमा अायाेजित सभामा प्रचण्डले भन्नुभयाे, “हामीले जनयुद्ध लड्यौं, त्याे बेला हामी बाहेक कुनै पनि पार्टीमा गणतन्त्र, संघीयता, समानुपातिकता भन्ने हैसियत थिएन।
हामीले जनयुद्ध लडेर, १३ हजारकाे रगत बगाएर, सम्पूर्ण उत्पीडित जनताकाे पहिचान र अधिकारकाे लडाई उचाईमा पुगेपछि मधेशवादी दल पनि संघीयता भन्न सक्ने भए, प्रचण्डले थप्नुभयाे, “अहिले मधेशी दलहरु संघीयता हाम्राे भन्न खाेज्दैछन्, उनीहरुकाे तागतले संघीयता अाएकाे हाेइन, क्षेत्रीय र पृथकतावादी शक्तिले देशकाे नेतृत्व गर्न सक्दैनन्।”
प्रतिक्रिया दिनुहोस