डा. केसीको समर्थनमा नयाँ शक्ति र साझा विवेकशिलको पोखरामा संख-घन्टी जुलुस


पोष्टपाटी/रमाकान्त बास्तोला

पोखरा २५ साउन- लामो समय देखि आमरण अनसन बसिरहेका डा गोबिन्द केसिको जीवन रक्षा र आन्दोलनको एक्यबद्धता जनाउदै पोखरामा नयाँ शक्ति पार्टी र साझा बिबेकशिल पार्टी द्वारा संख/घन्टी सहित जुलुस निकालेका छ्न ।

पोखराको सृजना चोक देखि निकालिएको जुलुस सभागृह/न्युरोड हुदै चिप्लेढुङ्गामा पुगी कोण सभामा परिणत भएर समापन भएको थियो ।

सभामा नयाँ शक्ति पार्टीका कास्की जिल्ला संयोजक किरण थापाले सम्बोधन गरेका थिए। उनले सम्बोधनमा भनेका थिए ‘केसिको माग उनको व्यक्तिगत मात्र नभई तीन करोड नेपालीको हो, साथै मेडिकल क्षेत्रमा देखिएको भ्रष्टाचार रोक्न सम्पुर्ण नागरिक एक भएर लाग्नुपर्ने भएको छ”।

आमरण अनसनका कारण डा. केसिको मृत्यु भयो भने शासक र भ्रष्ट बैमानहरुको जितहुने र यसको जिम्मेवार सरकार हुने जिकिर समेत गर्नु भएको थियो ।

सभामा विवेकशील पार्टीका कास्की जिल्ला संयोजकले पनि केसिको मागलाई राज्यले बेवेस्था गरेको भन्दै यसका लागि सबै नागरिक जुट्नु पर्ने बताएका थिए । सिटामोलमा सम्म भ्रष्टाचार गर्ने मेडिकल माफियातन्त्र हावी भएको हुँदा आन्दोलन अझै शसक्त बनाइने इन्कित गर्नुभएको थियो ।

मेडिकल तथा शिक्षा क्षेत्रमा भएको माफियाकरण साथै अनियमिता, भ्रष्टाचार बिरुद्द केसि एघारौं पटक अनसन बसेका छन । एघारौं पटकको उनको अनसन आज १७ औं दिन भएको छ ।

राज्यले पटक पटक सम्म पनि केसिको माग सम्बोधन गर्ने कुनै प्रयत्न नगरे पछि उनको यो एघारौं अनसन हो।

२५ श्रावण २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको