बिनाले दिइन पत्रिका बिरुद्द उजुरी : कारबाही गर्न माग


नेकपा माओवादी केन्द्र प्रचण्डकि बुहारी बीना मगरले एक पत्रिकाविरुद्ध उजुरी दर्ता गराएकि छिन् । ‘प्रचण्डको तेस्रो बुहारी पनि घरेलु हिंसाको सिकार’, भन्ने समाचार दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित भएपछि नेतृ मगरले प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएकि हुन् ।

बिनाको उजुरीमा भनिएको छ ‘उक्त पत्रिका र अनलाइनका प्रकाशित समाचारले मेरो व्यक्तिगत चरित्र तथा सामाजिक प्रतिष्ठामा गम्भीर चोट पुर्याएको छ। समाचारमा उल्लेख भए अनुसार, म माथि कुनै पीडा भएक पत्रिकाले मसँग सोधेर त्यसको सत्यतथ्य बुझि समाचार प्रकाशन गर्नुपर्नेमा आफुखुशी केरो व्यक्तिगत चरित्रहत्या, मानमर्दन र मेरो सामाजिक प्रतिष्ठामा आँच पुर्याउने नियतले उक्त समाचार प्रकाशित गरेर ममाथि पीडा थप्ने काम गरेको छ ।’

उनले केहि समयअघि सामाजिक फेसबुकबाट आफुलार्इ केहि पनि नभएको भन्दै स्ट्याटस पोष्ट गरे पनि यस बिषयले सामाजिक संजालमा ब्यापक चर्चा पाएको थियो । उनले अाफ्नो चरित्रहत्या र अाफ्नो कुरा पार्टी हेडक्वार्टरलार्इ टर्चर दिएर समाचार नलेख्न अाग्रह गरेकि थिइन् ।

विनाले प्रेस काउन्सिललाइ दिएको निबेदन यस्तो छ:-

२५ श्रावण २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको