वालुवामा भेटिएको एउटा सुन्दर बगैचा :दुनियाँ लोभ्याउने युएईको मिराकल गार्डेन (फोटो कथा)


पोष्टपाटी/केबि गुरुङ

युएई मरुभूमिको देश हो, यहाँ माटो होइन बालुवा पाइन्छ । अन्सिजन होइन बेसी कार्बोहाइड्रेट पाइन्छ । यहाँ बर्षाद होइन खडेरी पाइन्छ । यहाँ पालुवा होइन ऐजेरु पाइन्छ । यहाँ बिकराल प्रतिकुल बोकेको मौसम पाइन्छ, जो गर्मीमा उडिरहने चराहरु खस्छन, जाडोमा बगिरहने पाइपका नालाहरु तुसारोले जमेर पानी बन्द हुन्छन ।

तर पनि सवै प्रतिकूलताहरु चिरेर आजको बिकशित दुनियाँमा विश्व व्यापारिक केन्द्र बनेको छ युएई । नव बिकशित मुलकको अग्रस्थानमा रहेर तिब्र बिकाशको रफ्तारमा कुँदि रहेको छ, यो बालुवाको शहर । जहाँ विश्वभरका मानिसहरु पसिना बगाउछ्न यो शहरमा ।

बालुवामा पानी पोख्दा अर्थ रहदैन भन्नेहरुलाई झुटो साबित गरेको छ यो मरुभूमिले ।  यहाँ अग्ला टावरहरु मात्र ठड्याइन्न, संसारका मानिसहरुलाई आकर्षित गर्न बालुवालाई सिंगारिएको छ र पर्यटन स्थलका रुपमा पनि त्यतिकै बिकाश गरेको छ।

त्यहि पर्यटन बिकाशको एउटा नमुना ‘फूलहरुको बगैचा” बारे चियो गरौ ।  युएईको दुबई शहरमा रहेको मिराकल गार्डेन विश्वमै चर्चित बगैचा हो। उक्त मिराकल गार्डेन फुलैफुलहरुको बगैचा हो।

विश्वकै ठुलो नेचुरल बगैचा मध्यको एक हो ‘मिराकल गार्डेन’।  गार्डेनमा विभिन्न प्रजातिका फूलहरुको कलेक्सन रहेको छ। ४५ मिलियन फूलहरुको कलेक्सन रहेको छ। बिशेष गरि १०९ मिलियन फूलहरु रोपिएको छ । फूलहरुको लागि दैनिक सरदर ७५७,०८२ लिटर पानी प्रयोग हुनेगर्छ।

दुनियाँलाई मनमोहित पार्ने उक्त गार्डेन अंग्रेजी बर्ष २०१३ भ्यालेन्टाइन डेको दिन उद्घाटन गरिएको थियो।  गोलाकारको बगैचामा प्रवेश गर्न ३ ओटा प्रवेश द्वारहरु छन् ।  ७२ हजार बर्ग मिटर क्षेत्र ओगटेको बगैचामा विभिन्न आकृतिमा नेचुरल फूलहरु सजाइएका छन्।

बगैचा उद्यान पर्यटन पुरस्कार २०१५ द्वारा मस्सेल अवार्डबाट सम्मानित गरिएको थियो।  उक्त अवार्ड नयाँ गार्डन अनुभवहरुको लागि भनेर सम्मानित भएको हो।

उक्त फुलबारी परियोजनाको लागि सरदर ४० मिलियन युएई दिराम (११ मिलियन डलर) लागतमा निर्माण गरिएको थियो।

बगैचाको बीच भागमा भिउ टावर निर्मित छ।  त्यसैको साइडमा इमिरेट्स जहाजको प्रतिविम्बित बनाएर फूलहरु रोपिएका छन्।  यस्तो लाग्छ स्वर्गमा उड्ने रंगीचंगी फुलैफूलको जहाज हो।

पर्यटकीय स्थलको रुपमा बिकसित गरेको फुलैफुलको बगैचामा घुम्न जाने हरेक मानिसहरुलाई छुट्टै रंगिन दुनियामा पुर्याएको अनुभुती दिलाउछ।

छेउछाउमा मानव सुन्दरीहरुको आकृतिमा फूलहरु सजाइएका छन्।  उक्त आकिर्तिलाई ब्यागराउण्ड बनाएर फोटो खिच्नेहरुको लहर देख्न सकिन्छ।

देब्रेतिर फूलहरुद्वारा बस्ति निर्माण गरिएको छ।  लाग्छ त्यो एउटा सुन्दर फुलनगरी हो ।  वरिपरी फूलहरुले बनेका सुन्दर घरहरुको बिचमा एउटा आगन छ।  उक्त आगनमा पुग्दा खाडल झैँ लाग्ने तर उक्त खाडलबाट फुलैफूलका बस्तीहरु नियाल्दा छुट्टै स्वर्गको आवास मिल्छ।  जहाँ हरेक मान्छेहरु फोटोमा आफुलाई कैद गरिरहेका हुन्छन ।

हेर्नुहोस फोटोहरु (फोटो केबी गुरुङ):-

इमिरेट्स जहाँजको आकृतिमा सजाइएका फूलहरु :-

प्रेमकर्मीहरुका लागि मायाको प्रतिक ‘लभ शहर’  

फूलहरु द्वारा निर्मित एउटा बस्ति छ, जस्ले स्वर्गको आवास दिन्छ, तस्बिर आफै बोल्छ:-

आर्टिफिसियल झैँ लाग्ने यी तस्बिरहरु वास्तविक हुन्। बरु सिमित क्षेत्रमा पैसाको खोलो बगाएर मानव द्वारा निर्मित क्यानभासमा सजिएका नेचुरल बस्तुहरु हुन्, । भलै हाम्रो देश नेपालमा यो भन्दा कयौं गुणा सुन्दर छ, जहाँ यति ठुलो पैसाको खोलो बगाउन पर्दैन, केवल ब्यबस्थित गरे पुग्छ।आशा छ, देश बिकाशका पहरेदारहरुले पर्यटन नेपालका लागि यो एतिहासिक गार्डेनबाट धेरै कुरा सिकुन।

पंक्तिकार फोटो कथाबाट जाँदाजाँदै… अझै नेचुरल पुतलीहरुको शहर पनि देखाउने बाचा गर्दछ, त्यसको लागि भने केहि समय कुर्नै पर्छ! जुन बटरफ्लाईको शहर मिराकल गार्डेन संगै रहेको छ, बाँकी पछी सबिस्तारमा……

(अंग्रेजी नयाँ बर्ष १ जनवरी २०१७ का दिन लिएको फोटोहरु)

२०७४ श्रावण २५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको