दाङमा वामगठबन्धन अग्रस्थानमा ।


दाङ :  दाङको निर्वाचन क्षेत्र नम्वर १ प्रतिनिधि सभा सदस्यका वाम गठबन्धनका उम्मेदवार मेटमणी चौधरीले ५६९ मत ल्याएर अघि देखिएका छन्।उनका प्रतिष्पर्धी काग्रेसका सुशीला चौधरीले ३२६ मत प्राप्त गरेकी छिन्।

दाङ प्रदेशसभा १ क मा वाम गठबन्धनका तर्फबाट माओबादी केन्द्रका इन्द्रजित थारुले ३४० र काग्रेसका प्रदीप थापाले २१७ मत प्राप्त गरेका छन्।प्रदेश सभा २ मा नेपाली काग्रेसका प्रदेश सभा सदस्य जानकीलाल बस्नेतले २४८ मत र वाम गठबन्धनको तर्फबाट एमालेका रेवतीरमण शर्मा घिमिरेले २९८ मत प्राप्त गरेका छन्।

त्यस्तै दाङ निर्वाचन क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार वाम गठबन्धनका कृष्णबहादुर महरा अग्रस्थानमा छन्। उनले १५८३ सय मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी नेपाली काग्रेसका राजु खनालले १०७३ मत प्राप्त गरेका छन्। प्रदेश सभा २ क तर्फ वाम गठबन्धनबाट नेकपा एमालेका शंकर पोख्रेलले १६ सय ९६ र नेपाली काग्रेसका कमलकिशोर घिमिरेले ९३३ मत प्राप्त गरेका छन्।

प्रदेश सभा २ ख मा अमरबहादुर डाँगी १६९० र भरतबहादुर न्यौपाने ९५८ मत प्राप्त गरेका छन्। क्षेत्र नम्वर ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली काग्रेस दिपक गिरी ६०० र वाम गठबन्धनबाट एमालेका हिराचन्द्र केसी ४०० मत प्राप्त गरेका छन्।

निर्वाचन क्षेत्र नम्वर ३ क मा वाम गठबन्धनबाट नेकपा माओबादीका जगप्रसाद शर्मा ७६६ र नेपाली काग्रेस डिल्ली बहादुर चौधरीले ६९५ प्राप्त गरेका छन्।
प्रदेश सभा २ मा वाम गठबन्धनबाट एमालेका उत्तर कुमार ओलीले ८०५ र नेपाली काग्रेसका बुद्धिराम भण्डारीले ५८९ मत प्राप्त गरेका छन्।

दाङमा आज शुक्रबार बिहान साढे ८ बजेदेखि मतगणना सुरु भएको थियो। एकैसाथ तीन स्थानबाट गणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।एक स्थानमा प्रतिनिधिसभा र अन्य एक एक स्थानमा प्रदेशसभा १ र २ को मतगणना सुरु गरिएको छ।

अन्नपूर्ण दैनिकमा खबर छ ।

२२ मंसिर २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको