रोल्पामा पनि वाम गठबन्धन अग्रसरतामा ।


रोल्पा – रोल्पामा चलिरहेको मतगणनाको पछिल्लो परिणाम अनुसार वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनलाई पछाडि छोड्दै गएको छ ।

प्रतिनिधि सभा तर्फ वामगठबन्धनका माओवादी केन्द्रका उमेदवार वर्षमान पुनले ६ हजार ६ सय ५२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अमरसिंह पुनले ३ हजार २ सय ५१ मत ल्याएका छन । त्यसैगरी प्रदेशसभा तर्फ प्रदेश न. क मा माओवादी केन्द्रका कुल प्रशाद केसीले २ हजार ७ सय ४० र नेपाली कांगे्रसका शेरबहादुर महराले १ हजार ९ सय ७८ मत ल्याएका छन् । भने प्रदेशसभा तर्फ प्रदेश न. ख मा माओवादी केन्द्रका दिपेन्द्र पुनले ४ हजार ६ सय ६५ र नेपाली कांग्रेसका खगेन्द्र प्रकास हमालले १ हजार ३ सय ४९ मत ल्याएका छन । मत गणना जारी रहेको छ ।

नगरिक दैनिकमा खबर छ ।

२०७४ मंसिर २२,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको