भारतीय विमान चिनियाँ आकाशमा अनुमतिविना उडेपछि चिनले कडा प्रतिक्रिया दियो ।


भारतीय चालकविहीन विमानले विहीबार चिनियाँ आकाश ‘अतिक्रमण’ गरेको चीनको रक्षा मन्त्रालयले जनाएको छ । विमान सिक्किम क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।

विमान आफ्नो आकाशमा विनाअनुमति उडेपछि कूटनीतिक विरोध गर्न बाध्य भएको चिनियाँ मन्त्रालयले जनाएको छ । ‘भारतीय चालकविहीन विमानले चिनियाँ अनुमतिविना आकाशमा प्रवेश गरेको छ र भर्खरै विस्फोट भएको खबर छ’, वेस्टर्न थिएटर कमान्ड, लडाकु दस्ताका उपप्रमुख झाङ सुइली भने । झाङका अनुसार भारतको यो कदम निन्दनीय छ । यसबाट चीनको सम्प्रभुता उल्लंघन भएको भन्दै यसको विरोध गरिएको उनले स्पष्ट पारे । आफ्नो जिम्मेवारी पूरा गर्दै राष्ट्रिय सम्प्रभुता र सुरक्षाको रक्षा गर्न तयार रहेको उनको भनाइ छ ।

चिनियाँ सीमा सुरक्षाबलले भारतीय विमान भएको पहिचान तथा पुष्टि गरिसकेको छ । चीनले आफ्नो क्षेत्रको आकाश अतिक्रमण गरेकोप्रति कूटनीतिक विरोध सम्बन्धित निकायमार्फत भारतसमक्ष पुर्याएको छ । सिक्किमको दोक्लाम क्षेत्रमा चालकविहीन विमान विस्फोट भएको चीनबाट दाबी गरिए पनि यसको भारतीय रक्षा मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।

आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

२०७४ मंसिर २२,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको