नेपाललाइ सबल राष्ट्र बनाउनुको लागि वर्तमान अबस्थामा धेरै दलको आबस्यकता छैन


भवानी लिम्वु 
नेपाललाइ सबल राष्ट्र बनाउनुको लागि वर्तमान अबस्थामा धेरै दलको आबस्यकता छैन | तर कम्युनिष्टहरु वास्तविक इमान्दारितामा हिडछन वा स्वार्थको लागि भन्ने कुरा सधै नै प्रश्न ? बाचक हुन्छ | नेपाल कम्युनिष्ट पार्टीहरु मिलन र बिभाजन भनेको चुतुरे मेलामा गुन्द्रुकको व्यापार मात्र हो, यो भन्दा पहिले नै प्रमाणित गरेका छन्, कम्युनिष्टहरु स्वार्थी हुन्छन तर देश बनाउदैं भन्ने |

१. बर्गीय कुरा गरेर झापाको बिद्रोह देखि माओबादीको १० बर्से युद्दले गरिब र तिनका पहिचान मास्दै आफ्नो सत्ता प्राप्ति मात्र गरेर भन्ने कुरा प्रस्ट भएको छ |

२. यदि कम्युनिष्टहरु यदि धेरै इमान्दार भएको खण्डमा १ मा उलेखित कुरा नगरी प्रजातान्त्रिक अभ्यासबाट सत्तामा आफ्नो पहुच पुर्याउनु सक्थे तर यसो गरिएन |

३. कम्युनिष्टहरु आतिएको अबस्थामा देखिन्छन, पहिलो १ र २ को कुराबाट के प्रस्ट भयो भने अब हाम्रो प्रतिदंदी यस्थास्थितिबादी पार्टी नेपाली काँग्रेस छदै छ यसको बिकल्पमा सघिय समाजबादी पार्टी जसो शक्ति केहि समय पश्चात उदयमान हुन्छ भन्ने प्रस्ट भए पछि, साम्यबादको मन्चन गरि पुन सत्ता प्राप्ति  गर्नु हो |

४. देब नारारण यादब  जस्तो लिलठिका रक्षकलाइ एक धनि व्यक्ति ले अन्न पानि दिंदै कुनै पनि समय उसब मनाउनुको लागि पालेको खसी जस्तो देश भक्ति को कुरा गर्नेको सामु, भारतीय प्रसासनले  अपहरण गर्दा, राष्ट्रभक्ति गित गाउनेहरु ले के के कुरामा जनतालाइ सुरक्षित गर्ने भन्ने कुराको कानुनु  पास गरे | अन्तर देशीय नीतिमा एक जीव जतु सम्मलाइ बिना अधार र अनुमति बिना आयात निर्यात गर्नु पाउने अधिकार छैन भने एक देशको नागरिकलाइ आर्को देशको प्रशासनले पशुतुल्य ब्यबहार गर्दा, त्यस्तो कनुनु उपचार र क्षेती पूर्ति के छ ? यति सम्म आकलन गंर्नु नसक्ने हरु आज सत्ताको लागि देश भक्तिको नाम जप्नु आफै हास्य्पद हो |

५. नेपालका कम्युनिष्टहरु आफ्नो स्वार्थ सिद्द गर्नु आफ्नो घरलाइ तहसन गर्छन, पहिलो झापाबिद्रोह, १० बर्षे जनयुद्दकाल र सबिधान सभामा भएको खिचातानीले देशको अर्थ तन्त्रलाइ धरासायी बनेको छ | यति मात्र होइन, सत्ताको लागि जातीय मुक्तिको नारालाइ उक्साएर, देशलाइ सामाजिक सद्भाव बिथोल्ने काम गरेका छन् भने बर्दियामा भाको धार्मिक सहिसुणतालाइ बिथोलेका छन् | यसको हिसाब किताबहरु अब जनताले एक एक गरि खोज्नु पर्छ |

६. यो देशमा अब कुनै पनि दलको सरकार चाहिएको होइन, सम्बृद्ध नेपाल बाउने सरकारको आबस्यकता छ तर दलका नेताहरु बिबिन्न बहानामा आफ्नो सत्ता मोह छोड्ने वाल्ल छैन् भन्ने प्रमाणित गरि सकेका छन् |

 

२०७४ आश्विन २२,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको