नेपाल आईडलमाथी लागेको मुद्धा खारेज


काठमान्डौ,२३ भदौ २०७४ ।

निकै चर्चित सांगितिक टेलिभिजन रियालिटी शो नेपाल आइडल विरुद्ध परेको रिट काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएको छ । न्यायाधीश दिवाकर भट्टको एकल इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट खारेजको आदेश दिएको हो ।

अधिवक्ता न्यौपानेले नेपाल आइडलमा भोट गन्ने काम एक पक्षीय भएको भन्दै काठमाडौं जिल्ला अदालतमा रिट दायर गर्नुभएको थियो । यसअघि बुधबार दिवाकर भट्टको एकल इजलासले नेपाल आइडल आयोजकलाई भोट गन्ने काम रोक्न र सक्कल फाइलसहित अदालतमा उपस्थित हुन आग्रह गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले नेपाल आइडलको भोट गणना गर्ने कार्य नगर्न अन्तरिम आदेश गरेको थियो ।

२३ भाद्र २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको