पोष्टपाटी/काठमाण्डौ, २३ भाद्र|
निकै चर्चामा रहेको अन्तर्राष्ट्रिय स्तरको रियालिटी शो नेपाल आइडलको टप ४ बाट सबैका प्रिय सागर आले आज आउट भएका छन । उनि आउट हुदा धेरै फ्यानहरुको चित्त दुखेको छ तर उनले बिनम्र भएर भनेका छन् ‘कृपया मेरो फ्यानहरुले म आउट हुँदा नेपाल आइडललाइ गालि नगर्नु होला, नेपाल आइडल छ र सागर आले छ’ ।
अत्यन्त सकारात्मक भाब राख्दै चितवनका आलेले भने म यहाँ सम्म आउनुमा नेपाल आइडल, जजहरु र आफ्ना फ्यानहरु रहेको बताएका छन् । अत्यन्त मिजासिला स्वभाबका सागरले जजहरुको मन त जिते नै आफ्ना प्रतिस्प्रधीहरुको पनि अत्यधिक मन जितेका रहेछन ।
नेपाल आइडल छोडेर जानु भन्दा अगाडी आफ्ना प्रिय मित्र प्रताप दासलाइ मंचबाटै फलाइंग किस दिए साथै बुद्द लामा र निशान भट्टराई लाइ शुभकामना दिएर हाँसी खुसि बिदाइ भए ।
उनले भने म सानो (गरिब) परिवारमा जन्मेर होला, बाबा आमाले मलाइ जिताउन धेरै दुख गरे, बाटोमा भेटिने जो कोहीलाई पनि हात जोड्दै भोट माग्दै हिड्नु भयो भन्दै खुलेरै भावमय अनुभूति सुनाए ।
उनि बिदाइ हुँदा उपस्थित दर्शकहरुलाई रुवाए । जजहरुलाई रिझाएर गए । उनले मन्च छोड्दा उनको आँशु बगेको थियो त केवल आफ्ना साथीहरु संग छुट्टीनु पर्ने पिरलोमा ! नकी उनि आउट हुँदा बगेका आंशु थिएनन, उनि यस्तै भन्दै थिए ।
नेपाल आइडलको ग्रान्ड फिनालेमा बुद्द लामा, प्रताप दास, निशान भट्टराई पुगेका छन । नेपाल आइडलले गत हप्ता पाएको भोटिंग कै आधारमा रिजल्ट प्रकाशन गरेको थियो । आगामी भोटिंग बुधबार देखि मात्र खुल्ला हुने नेपाल आइडलले जनाएको छ ।
आज घोषणा गरिएको टप ४ नतिजा यस्तो थियो:
बुद्ध लामाले सर्वाधिक ११ लाख ४५ हजार ५३८ मत पाएका छन् ।
प्रताप दासले दोश्रो नम्बरमा ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् ।
निसान भट्टराईले तेस्रो नम्बरमा ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् ।
सागर आलेले चौथो नम्बरमा ८ लाख ९ हजार ९ सय १५ भोट पाएका थिए ।
प्रतिक्रिया दिनुहोस