बासु/बैरागी स्मृति सभा – ‘शहिदहरु कसैका निजि होइनन’


पोष्टपाटी/रमाकान्त बास्तोला

महान शहिद क. सुरेष वाग्ले (बासु ) र भिमशेन पोख्रेल (बैरागी) को सम्मान तथा सम्झनामा स्मृती सभा नेपाल कम्युनिस्ट पार्टीले आज गोर्खामा सम्पन्न गरेको छ ।

नेकपाका पोलिटब्युरो सदस्य ओम प्रकाश पुनको प्रमुख आतिथ्य रहेको स्मृति सभामा शहिद सुरेश वाग्ले र भिमशेन पोख्रेलको फोटोमा माल्यार्पण गर्दै शहिद परिवारलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधीहरुले पनि उपस्थिती जनाएका थिए । विभिन्न पार्टीका प्रतिनिधिहरुले सम्पुर्ण बाम घटक एक हुँदै जनवादी क्रान्ती पूरा गर्न सुझाब दिनुभएका थिए।

कार्यक्रममा सहिद वाग्लेका पुत्र दिपक वाग्लेले सहिद क. बासुको संक्षिप्त जिवनी बताउनु भएको थियो भने भिमशेन पोख्रेलका भाइ रमेश पोख्रेलले दाजुको जिबनी बताउनु भएको थियो।

कार्यक्रममा गण्डक ब्युरो इन्चार्च साबित्रा दुरा `आस्था´ ले सहिद बासु र बैरागीले गरेको बाचा र उहाँहरुको सपना पूरा गर्नेमा जोड दिदै बिषको बोटमा अङ्गुर स्याउ सुन्तला फलाउने कोसिस सम्सदिय ब्यबस्थाले गरेको र यसबाट सहिदका सपना पूरा नहुनेमा जोड दिनुभयो । “दिर्घकालिन रुपमा सहिदहरुले देखाएका सपना अनुसार लाग्नु पर्छ । अहिलेको दलाल पुँजीवादमा टिकेको ब्यबस्थाले अनुत्पादित कुरामा ठूलो लगानी गर्छ तर उत्पादित कुरामा लगानी गर्दैन जसले जनताको समस्या हल गर्न सक्दैन” उहाँले बताउनु भयो ।

यस्तै मन्तब्यकै क्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओम प्रकाश पुनले सहिदहरु सबैका साँझा भएका हुँदा सहिदहरुलाई निजीकरण नबनाउन राज्यलाई चेतावनी दिनुभएको छ । क्रान्ती देखि बाहिर रहेर कुनैपनि मुक्ति पाउन नसकिने भन्दै सम्सदवाद देखि जति नै सुधार र समृद्दीका कुरा गरेपनि शान्ती नहुनेमा जिकिर गर्नुभएको थियो ।

२३ भाद्र २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको