भदौ २३, भरतपुर। पूर्व प्रधानमन्त्री तथा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले माअाेवादी अान्दाेलन र पार्टीलाई पूनर्संगठित गर्नुपर्ने बताउनु भएकाे छ।
शुक्रबार दिउँसाे चितवनकाे भरतपुरमा अायाेजित पार्टी प्रशिक्षणमा बाेल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “वर्गीय समाजमा पार्टी पनि वर्गहरुकाे हुन्छ।
नेपालमा पार्टीहरु वर्गकै प्रतिनिधित्व गर्छन्। हाम्राे पार्टी सर्वहारा श्रमजीवी वर्गकाे पार्टी हाे। बीचमा हामीले वर्ग भुल्यौं, वुर्जुवा, पेटी वुर्जुवा जस्ता देखियौं। अहिले त्यसलाई सच्चाएका छौं। माअाेवादी पार्टीलाई सर्वहारा श्रमजीवी वर्गकाे पार्टी बनाएर पूनर्संगठित गर्नुपर्छ।”
माअाेवादी संसदवादी नभएकाे प्रचण्डले बताउनु भयाे। उहाँले भन्नुभयाे, “हामी संसदवादी हाेइनौं। हामीले राजनीतिक प्रतिस्पर्धा मानेका छौं। जनताबाट निर्वाचित कार्यकारी प्रमूखसहित समाजवादमा जाने हाम्राे तयारी छ, हामी यसमा दृढ छौं।”
“माअाेवादी अान्दाेलनमा दुई अति देखिए”, प्रचण्डले भन्नुभयाे, “एकथरि साथीहरु अब क्रान्ति सकियाे भन्ने ठाने र बाहिरिए, अर्काेथरि साथीहरु सबै उपलब्धि अलपत्र पारेर भागे, त्यसरी क्रान्ति हुँदैन। क्रान्ति त्यसरी हुँदैन, अतिबाट बचेर मात्र क्रान्ति निष्कर्षमा पुग्छ।”
प्रतिक्रिया दिनुहोस