सगरमाथाकी छोरी भन्छिन ‘संसदीय राजनीतिक दलमा मात्रै केवल अपराधीको जन्म हुन्छ’


संसदीय प्रणालीमा हुर्केका राजनैतिक दलहरुमा सामाजिक अपराध गर्ने तप्काको जब हात र साथ हुन्छ तब कानुनी प्रणालीको उपहास भईरहछ ।

कानुनी सर्वोच्चतामाथि निरन्तर प्रश्न उठिरहन्छ ।

त्यै पनि यि राजनैतिक दलहरुले हामी शान्ति सुरक्षा,अमनचयनको वातावरण बनाउछु भन्छन त्यो आँफैमा हास्यास्पद हो , किनकि राजनैतिक अपराध नै सामाजिक अपराधको जन्मदाता हो ।

राजनैतिक अपराध आफैमा विनाशकारी छ ।

एउटा पार्टीको संरक्षणमा रहेको गुण्डा अर्को पार्टीको सरकार भए पनि समातिने बित्तिकै छुट्छ, यो कुनै राजनैतिक दबाबको कारण होइन ।
यो केबल राजनीति भित्र संरक्षण आलो पैचो मात्र हो । राजनीतिको आवरणमा अपराध गर्ने अपराधीको खुल्ला समर्थनमा संसदको रोष्टम घेराउ हुन्छ, त्यो अपराधी किन मारियो कानुनले कसैलाई मार्ने अनुमति दिएको छैन भन्दै घोक्रो फुलाउछन हाम्रा नेता ।

किन यति सार्है संरक्षण हुन्छ त राजनीतिको आवरणमा अपराध गर्नेहरुको ?

राज्यले ठुलै सफलता प्राप्त गरे झै अपराधीको इन्काउन्टर गरियो भन्छ वास्तवमा सुक्ष्म बिश्लेषण गरेर हेर्ने हो भने राज्यका कारण त्यो गुण्डा नाइके मरिएको हुँदैन त्यो मारिएको पार्टी भित्र गुट सन्तुलन नमिल्दा उनीहरुको प्राण पखेरो उढेको मात्र हो ।

नेपालमा धेरै गुण्डा नाइकेहरु मारिएका छन त्यो उनीहरुको सतर्कताको अभावमा होइन, केवल त्यो राजनैतिक गुटहरुको तिब्र प्रतिस्पर्धाका कारण उनीहरु सिकार मात्र भएका हुन । हरेक राजनैतिक दल भित्र गुण्डा, चोर, फटाहा, अपराधी र बलात्कारीको जन्म भईरहन्छ, त्यो सामान्य पनि हो तर किन उनीहरुलाई कारबाही गर्न राजनैतिक नेतृत्व असफल रहन्छ ?

सरदर ४५ प्रतिशत नेपाली नेताहरु अपराधलाई नै आफ्नो आधार बनाएर राजनीति सुरु गरेका हामी भेट्टाउन सक्छौ । जब अपराधीहरु नै राजनीतिको वरिपरि मसिहा बनेपछी, उनीहरुबाट फेरी अपराधीहरुको संरक्षण हुनु कुनै नौलो चाहि होइन ।

आफ्नो राजनैतिक गुट भित्रको गुण्डा जब अर्को लबी समाउन पुग्छ तब चिन्ता त्यहाँ नै सुरु हुन्छ, हामीले बुझ्नु पर्ने कुरा के भने गुण्डा नाइकेको इन्काउन्टरमा राज्य केबल साधन मात्र बन्छ ।

जयनारी 

सगरमाथाकी छोरी ‘सावित्री सुबेधि’ बारा 

२३ भाद्र २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको