नारी मुक्तिदाता प्रचण्डकै घरमा बुहारीमाथी घरेलु हिंसा :प्रकाशकि तेस्री श्रीमती बिना कुट्टिइन


पोष्टपाटी। प्रचण्ड परिवारमा तेस्री बुहारीका रुपमा भित्रिएकी बिना मगर पनि घरभित्रै यातनाको शिकार भएकी छिन् ।

प्रचण्डपुत्र प्रकाश दाहालसँग उनको सम्बन्ध बिग्रदै गएको छ । घरभित्रै भएको एक झगडामा दुई साताअघि उनी अस्पताल नै भर्ना हुनुपरेको छ ।

स्रोतका अनुसार उनको अनुहारमा ठुलो चोट लागेको छ । नर्भिक अस्पतालमा केही दिन भर्ना नै भएर उनको उपचार गरिएको थियो । जुन घटना निकै गोप्य राखिएको छ । स्रोतका अनुसार घरभित्रै आपसी झगडा हुँदा बिनामाथि कुटपिट भएको हो ।

प्रकाशको अत्याधिक मदिरा पिउने बानी अझै छुटेको छैन । जसबाट बिना पीडित हुँदै आएकी छिन् । प्रकाशकै व्यवहारका कारण उनका अघिल्ला दुई विवाह असफल भएका थिए ।

प्रकाशले दोस्री श्रीमती सिर्जनासँग त सम्बन्ध बिच्छेद समेत गरेका छैनन् । प्रकाश लाजिम्पाटको आलिसान बंगलामा बसिरहँदा उनकी पत्नी सिर्जना छोरालाई समेत राम्रोसँग पढाउन नसक्ने अवस्थामा संघर्ष गर्दै आएकी छिन् । यो खवर दृष्टि न्युजले लेखेको छ !

२४ श्रावण २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको