प्रवासबाट चुनावप्रति खरो अभिव्यक्ति ।


के होला त आजको मतदानको नतिजा ? अनि अर्को कुरा आज कुनै बिशेष चाडपर्व जस्तो महसुस पनि हुँदैछ । नहोस् पनि त कसरी ? बर्षौं पछि देशमा ऐतिहासिक चुनाव हुँदैछ । जुन दिन कुनै रास्ट्रीय पर्व र कुनै महोत्सव भन्दा महत्त्वपूर्ण छ । जसले काँधमा देश र नेपाली भविष्य निर्माण तय गर्ने छ ।

जुनु राणा

आफ्नो ब्यक्तिगत बिचार !
यदि म स्वदेशमा हुन्थें भने र यो प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदै गर्दा म पार्टी र गुट तथा कुनैपनी लालचा र आश्वासनमा नपरिकन स्वतन्त्र रुपमा कुनै एक उम्मेदवारलाई आफ्नो मताधिकार प्रयोग गर्दै आफ्नो अमुल्य मत दिने थिए ।

ति उम्मेदवार माओवादी, काङ्ग्रेस, एमाले, वा जनमोर्चा वा जनमुक्ती, नयाँशक्ति विवेकशील र अन्य मध्य जो पनि हुन सक्थे ।

जो नेपालि राजनीतिमा नयाँ उत्साह नयाँ नयाँ बिकासका भिजनहरु बोकेका र देश जनता नीति नियम पिछडिएका बर्ग दलित बिच भएको असमानता र भेदभावपुर्ण राजनितीक संस्कारको नहर ध्वस्त बनाएर नयाँ नीति नियम निर्माण गर्दै देशको दिर्घरुप देशहितमा काम गर्न सक्षम उम्मेदवार जसलाई लाग्थ्यो उसैलाई आफ्नो अमुल्य मत दिन सक्थें ।।

तर बिदम्बना !!
म जस्ता मतदान योग्य नेपाली नागरिक लगभग पचास लाख हाराहारीको संख्यामा प्रवासिएको छ ।। र किन भन्ने कारण त सर्बविदितै छ । आजको दिनसम्म आईपुग्दा देशले धेरै बज्रपातहरु भोगिसक्यो र आम नेपालीले धेरै दु:ख भोग्न बाध्य भए ।

कारण देशको राजनीतिक अवस्था सधैं अस्थिर रह्यो, बर्ष बर्षमा नयाँ पार्टीको नयाँ सरकार अनि त्यो नयाँ सरकारले पुर्णता नपाउँदै अर्को दलको सरकार बन्नुपरेको र नेपालीजनता नेपाली संविधान नेपाली नीति नियमले कहिले पुर्णता प्राप्त गर्न सकेन ।।

होस् यि त भए उहीँ पुराना कुरा ।
आशा गरौं , आजको दोश्रो चरणको प्रतिनिधि सभा तथा प्रदेशसभाको चुनाव शान्तिपुर्ण रुपले सम्पन्न होस् र आम जनताले आफ्नो मतप्रती न्याय गर्न सकुन् र एक पार्टी होइन, गुट होईन समग्र देश र आमजनताको पक्षमा काम गर्न सक्ने खुवी भएका उम्मेदवारहरुको चुनाव होस् ।मतदान निस्पक्ष रुपमा सम्पन्न भएर देशको हित होस् । हर एक एक मतको सदुपयोग होस् ।

हामी लाखौं प्रवासीहरुको यहि कामना।।।

२१ मंसिर २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको