समाजसेवी इशा गुरूङबाट धुर्मुश सुन्तली फाउन्डेशनलाइ १ लाख ५१ हजार सहयोग


‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’
‘मानवता र सद्भावको लागि गरौं सहकार्य’

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि बेलायतमा बसोवास गर्नुहुने समाजसेवी ईशा गुरुङले सहयोग गर्नु भएको छ । हरेक नेपालीलाई परेको पिडामा सदैब दिल खोलेर सकेको सहयोग गर्नुहुने इशाले फाउन्डेसनलाई १ लाख ५१ हजार रुपैया सहयोग प्रदान गर्नुभएको हो ।

उहाँले यसअघि पनि तराईमा बाढीले त्यहाँको जनजीवन तहसनहस गरेको वेला उहाँको पहलमा संकलित भएको सहयोग रकम तराईका तिनै बाढी पिडितका लागि भनि सिधा कुरा जनतासँग कार्यक्रमका संचालक रवी लामिछानेलाई २ लाख ५२ हजार हस्तान्तरण गर्नुभएको थियो ।

फाउन्डेसनका ब्यबस्थापक धुर्मुस र सुन्तलीले ‘संधै भरी यसरी नै दुखी, पिडितहरुका लागि सहयोग गदैं जानुस’ भन्दै समाजसेवी ईशा गुरुङलाई शुभकामना समेत व्यक्त गरे ।

२०७४ कार्तिक २१,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको