नयाँ शक्ति पार्टी नेपाल पुर्बी रुकुमको प्रथम भेला हालै सप्पन्न


अशोक घर्ति मगर, रुकुम ।

नयाँ शक्ति पार्टी नेपाल पुर्बी रुकुमको प्रथम भेला/बैठक हालै सप्पन्न भएको छ । जिल्ला संयोगजक राखिमान घर्तीको अध्यक्षतामा र इन्चार्ज उपेन्द्रलाल कामीको विषेश उपस्थितिमा भएको प्रथम भेला/बैठकले २१ जनाको जिल्ला समन्वय समिति गठन गर्नुको साथै ६ वटा आंगिक संगठन र ९ वटा विभागको संयोजक चयन गरेको छ भने पुथा उत्तरगंगा गाउँपालिका र सिस्ने गाउँपालिका संयोजकको जिम्मेवारी निर्धारण गरेको छ ।

आगामी संघीय प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ उमेदवार राखिमान घर्ती र समानुपातिक तर्फ उपेन्द्रलाल कामी लाई शिफारिश गरेको छ भने प्रदेश सभा सांसदको प्रत्यक्ष तर्फ -१ नं निर्वाचन क्षेत्रको उमेदवार जीतमान पुन (मार्शल) र २ नं निर्वाचन क्षेत्रको उमेदवारमा पुर्णजङ सिंहलाई शिफारिश गरेको छ । जनसरोकारका विषयसँग प्रत्यक्ष जोडिने गरि यहि २०७४ असोज १९ देखि मंसिर ३ गते सम्म ४५ दिने स्वच्छ वातावरण र सम्वृद्धिकरणको लागि जनजागरण अभियान सञ्चालन गर्ने निर्णय पारित गरेको छ।
‘स्वच्छ वातावरण र सम्वृद्धिकरणका लागि जनजागरण अभियान-२०७४’

‘नयाँ शक्ति पार्टी नेपालको रहर..! 
सफा र सुन्दर गाउँ शहर..!!’ भन्ने मुल नाराका साथ मिति २०७४ असोज १९ गते बिहान ६ बजे देखि ८ बजे सम्म नयाँ शक्ति पार्टी नेपाल पुर्बी रुकुमले प्लास्टिकजन्य फोहोर ब्यबस्थापनका लागि जनचेतनामुलक र्‍याली सहित रुकुमकोत बजार क्षेत्रमा रहेका प्लाष्टिकजन्य फोहोर संकलन गर्ने र सरसफाइ सम्बन्धि नाराहरू लगाएर अभियानको बारेमा जानकारी गराउने काम सप्पन्न गरेको उक्त पार्टीका प्रचार बिभाग संयोजक अशोक घर्ति मगर “नागेमी”ले पोष्टपाटीसंग बताउनु भयो ।

 
२०७४ आश्विन २१,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको