सप्तकोशीमा उच्च बाँध बाध्न आउनेको टाउकोमै बम हान्ने नेकपाले गर्यो उद्घोष


नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले विकास विरोधी तथा देश बेच्ने दलालहरुका विरुद्ध टाउकोमा बम हान्ने चेतावनी दिएका  छन् ।

सप्तकोशी नदीमा उच्च बाँध बाध्नबारे भारतसँग हालै भएको सम्झौता खारेज गर्न माग गर्दै आज सुनसरीको धरानमा नेकपा कोशी ब्युरोद्धारा आयोजित जनप्रदर्शनमा सम्बोधन गर्दै नेता बास्तोलाले कुनै हालतमा राष्ट्रघाती सम्झौता पालना हुन नदिने बताए ।

नेपाली भुभाग डुबाएर पानी र बिजुली लैजाने भारतीय योजनाका साथ उक्त राष्ट्रघाती सम्झौता भएको भन्दै उहाँले जबरजस्ती बाध बाध्न खोजिए हतियार उठाएरै प्रतिकार गरिने चेतावनी दिए ।

नेपालको सार्भभौम सत्ता तथा ब्यापारमाथिको भारतीय एकाधिकार अन्त्य नभएसम्म मुलुकमा विकासले गति नलिने नेता बास्तोलाले बताए ।

उनले भने- ‘नेपालको आन्तरिक मामलामा भारतीय हस्तक्षेप , व्यापारमा एकाधिकार , नदीनालामाथिको कब्जा लगायतका कार्य नरोकिएसम्म मुलुकको विकास सम्भव छैन ।’

नेपालका नेताहरुले पनि सत्ता र कर्सीको मोहमा परेर राष्ट्रघाती सम्झौताहरु गर्दै आएको भन्दै उनले अब देशी विदेशी दलालका विरुद्ध नेकपाले हतियार उठाएरै विद्रोह गर्ने धम्की दिए ।

नेकपा कोशी व्युरोका ईन्चार्ज नविन कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अरुण तेस्रोको उद्घाटनमा आउन नदिने चेतावनी दिए । यसअघि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भ्रमणका क्रममा मोदीलाई अरुण तेस्रोको उद्घाटनमा आउन निमन्त्रण दिएका थिए ।

यस्तै कार्यक्रममा पूर्व सांसद किरण राईले दलाल र भ्रष्टहरुले निर्वाचनपछि झनै लुट मच्चाईरहेको भन्दै यो संसदीय ब्यावस्था खारेज गर्नुपर्ने बताए । उनले स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिहरुले नै जनताबाट विभिन्न बहानामा रकम असुल्ने तथा विकास निर्माणका नाममा भ्रष्टचार गरिरहेको तथ्यहरु बाहिर आउनुले पनि यो निर्वाचन असफल भएको प्रष्ट्याए ।

जलश्रोतविद् गोपाल सिवाकोटि (चिन्तन)ले सप्तकोशी बाँध बाधिएमा भविश्यमा महाप्रलय निम्त्याउने र त्यसले नेपाल र नेपालीका लागी ठुलो बिप्पति आउने भएकाले यो कुनै हालतमा बाँध बाध्न दिन नहुने बताए ।

२२ भाद्र २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको