दुवै हात नभएकी पाइलट जेसिका अहिले नेपालमा


पोष्टपाटी/काठमाडौं 

जेसिका कक्सको जन्म नै अनौठो भयो । दुवै हात नभएकी शिशुका रूपमा उनको जन्म भयो । हातविना उनी हुर्किंदै गइन् । र, अन्ततः एउटा भनाइ साबित गरिदिइन्, ‘उँड्नका लागि पखेँटा होइन, हौसला र आँट चाहिन्छ ।’ हो, अमेरिकाकी युवती जेसिकाले दुवै हात नभएर पनि जहाज उँडाइन्, उँडिरहेको जहाजलाई आफ्नो नियन्त्रण राखिन् ।

विश्वमै उनी एक मात्र इजाजतपत्र प्राप्त यस्ती पहिली पाइलट हुन्, जो दुवै हात नभएर पनि जहाज उडाउँछिन् । गोडाको भरमा जहाज उडाएर उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएकी छिन् । उनले उडाउने विमानको नाम एरकुप हो । लगातार ८९ घण्टा विमान उडाउन सक्ने अनुभवसमेत बटुलेकी जेसिकाले ड्राइभरको लाइसेन्ससमेत लिइसकेकी छिन् । जेसिका तेक्वान्दोको ब्ल्याकबेल्ट पनि हुन् ।

तस्बिर: ललितपुरको एक विद्यालयका विद्यार्थीलाई ‘हामी गर्न सक्छौ“’ भन्ने सन्देश लेखेर मनोबल बढाउँदै ।

अहिले उनी विश्वका अपांगहरूका लागि साहस भर्ने पात्र बनेकी छिन् । आफूजस्ता हजारौँ अपांगलाई सफलताको सिँढी चढ्ने उपाय सुझाउँदै हिँडेकी छिन् । यही क्रममा अहिले उनी नेपालमा छिन् ।

चार दिनका लागि नेपाल आएकी उनलाई ह्यान्डीक्याप इन्टरनेसनल, राष्ट्रिय अपांग महासंघ नेपाल, राष्ट्रिय अपांग कोषलगायतले व्यवस्थापन गरेको थियो । काठमाडौंमा जेसिकाले अपांगता भएका कयौँलाई भेटेर ढाडस दिने काम गरिन् । शारीरिक अपूर्णतालाई मनको शक्तिले जित्न सक्छ भन्ने सन्देश बाँडिन् । नयाँ पत्रिकाका फोटो पत्रकार अमुल थापाले क्यामेरामा केही तस्बिर कैद गरेका छन्:

२२ भाद्र २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको