एसियाबाट विश्वकप खेल्ने चार टिम छानिए


एसियाली क्षेत्रको छनोटअन्तर्गत मंगलबार राति भएका खेलमा विजयी हुँदै दक्षिण कोरिया र साउदी अरेबियाले रूस विश्वकपमा स्थान पक्का गरेका छन्। दक्षिण कोरिया र साउदी अरेबिया गएराति विश्वकप २०१८ खेल्न छानिएसँगै एसिया क्षेत्रबाट विश्वकप खेल्ने सबै देश टुंगो लागेको छ।

यो सँगै एसियाबाट सिधै छनोट हुने चार टिमको टुंगो लागेको छ। यसअघि इरान र जापानले विश्वकपमा स्थान बनाइसकेका थिए। एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ए को खेलमा मंगलबार राति उज्वेकिस्तानसँग गोलरहित बराबरी खेल्दै दक्षिण कोरिया विश्वकपका लागि छानिएको हो।

समूह ‘बी’ मा रहेको साउदी अरेबियाले पनि छनोट भइसकेको जापानलाई १–० ले हराउँदै विश्वकपमा स्थान पक्का गर्‍यो। साउदी अरेबियाको १० खेलबाट १९ अंक भएको छ ।

जापानको २० अंक छ । साउदी अरेबिया पाँचौं पटक विश्वकपका लागि छनोट भएको हो।

यस्तै एसियाली क्षेत्रका अन्य छनोट खेलमा ईरानले सिरियासँग २–२ गोलको बराबरी खेल्दा अस्ट्रेलियाले थाइल्याण्डलाई २–१ ले हरायो। अस्ट्रेलिया र सिरिया एसिया क्षेत्रको प्लेअफका लागि छानिएका छन्।

दुई लेगमा हुने उक्त खेलको विजेताले विश्वकप छनोटका लागि अर्को क्षेत्रको टोलीसँग अन्तिम प्ले अफ् खेल्नुपर्नेछ। रुसमा अर्को वर्ष हुने विश्वकपका लागि अहिलेसम्म साउदी अरेबिया, दक्षिण कोरिया, इरान, जापान, रुस, बेल्जियम, ब्राजिल र मेक्सिकोगरी ८ राष्ट्र छानिइसकेका छन्।

२२ भाद्र २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको