नेपाल आईडल माथीको प्रहार आखिर के का लागि ?


पोष्टपाटी/छिरीगं तामाङ

नेपाली संचार क्षेत्रमा टेलिभिजन च्यानलहरुको ईतिहास त्यति धेरै लामो समयको छैन। वि.सं. २०४२ मा पहिलो टिभी च्यानलको रुपमा नेपाल टेलिभिजनले आफ्नो प्रशारण सुरु गरिसकेपछि झण्डै दुई दशक उ एक्लैले यो क्षेत्रमा राज गर्यो। दोस्रो जनआन्दोलन भन्दा अघि एकाध टेलिभिजनहरुले आफ्नो प्रसारण सुरु गरेभने दोस्रो जनआन्दोलनको समाप्ति पछि भने टिभि च्यानलहरु ह्वातै बढे। त्यसपछि आजसम्म दर्जनौ टिभि च्यानलहरु संचालनमा आए र बन्द पनि भए। विशेषत धेरै खर्चिलो र गुण्स्तरमा सन्तुलन राख्न नसक्दा टिभी च्यानलहरु आउने जाने क्रम चलि नै रहेको छ।

नेपाल टेलिभिजन र त्यसपछि खुलेका अरु सबै टेलिभिजन च्यानलहरुमा विषेषत हाँस्य विधाका कार्यक्रम बढी रुचाईए भने त्यसपछि साँगितिक कार्यक्रमहरुले पनि दर्शकको मन जित्न सफल भए।

नेपाली टिभी च्यानलहरुको ईतिहासमा चलेका हाँस्य विधाका कार्यक्रमहरु टिभी च्यानलहरु संगैको मनमुटावका कारण बन्द भए। प्रविधिमा आएको विकास संगै सांगितिक कार्यक्रमहरु पनि दर्शकले रुचि देखाउन छोडिसकेका छन भने भारत वा अन्य तेस्रो देशहरुमा जस्तो राष्ट्रिय रियालिटी शोहरु नेपालमा निक्कै नगन्य मात्रामा चलेका छन। औलामा गन्न सकिने राष्ट्रिय स्तरको रियालिटी शोहरु संचालनमा आए र प्रायः ले विभिन्न समस्याका कारण बन्द पनि गरेका छन।

नेपाली ताराले जसोतसो आफ्नो तिन वटा सिजन सक्काएको छ भने अन्य यस्ता रियालिटी शोहरुले एक वा दुई सिजन भन्दा बढी निरन्तरता नै दिन सकेन। झन् त्यसमाथी छिमेकी मुलुक भारत र अमेरिका र अन्य विकसित देशका रियालिटी शो हेर्ने बानी लागेका नेपाली दर्शकलाई त्यही स्तरको रियालिटी शोहरु आफ्नै देशमा संचालनमा नआउदा राष्ट्रिय च्यानलहरु प्रति एककिसिमको वितृष्णा पैदा भईसकेको थियो र यही सेरोफेरोमा यसै बर्षबाट नेपालमै पनि विश्वस्तरिय प्रविधिको प्रयोग गरी एचडी क्वालिटीमा नेपालको टिभि च्यानलहरुको ईतिहासमै पहिलो पल्ट एपी वानले आफ्नो प्रशारण प्रारम्भ पनि गर्यो।

प्रशारणको प्रारम्भ संगै एपीवानले दर्शकको ध्यान तान्न विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण संगै विश्वकै लोकप्रिय साँगितिक रियालिटी शो आईडलको शृंखला किनेर नेपाल आईडल पनि देशमा भित्र्यायो। बेलायत बाट सुरु भएको सांगितिक कार्यक्रम आईडलको शृंखला सय भन्दा बढी राष्ट्रहरुमा फैलिसकेको छ। आफ्नै देशमा आईडल जस्तो कार्यक्रम संचालममा आउने भएपछि संगित क्षेत्रमा प्रयत्न गरिरहेका धेरै मनहरुलाई हौसला मिल्यो। दर्शकहरुमा पनि उत्सुकता थियो विदेशी श्रृंखलाको कार्यक्रम नेपालमा कस्तो बनेको होला भनेर र सबैको उत्सुकतालाई खुशीमा बदल्दै नेपाल आईडलले साँच्चै विश्वस्तरिय कार्यक्रम प्रस्तुत गर्यो।

अडिसन देखिनै चर्चामा आएको कार्यक्रमले निक्कै छोटो समयमा एपी वान टिभी र आफ्नो कार्यक्रमको टिआरपी ह्वात्तै बढायो। उच्चस्तरिय प्रविधिको प्रयोग, दक्ष जनशक्ति र मनग्य खर्च गरेर दर्शकलाई कार्यक्रममा कुनै खोट लाउन ठाउँ नै उसले दिएन।

भारत र अन्य राष्ट्रको यस्ता कार्यक्रम हेरेरै चित्त बुझाईराखेका नेपाली दर्शकको लागी नेपाल आईडल सबैभन्दा प्रिय बन्यो र यस्को चर्चा संगै आलोचनाहरु पनि हुन थाले। विशेषत केही घृणित जातीय अतिवादी सोच राख्ने एउटा समुहले नेपाल आईडलमाथी वाहुनवादी शोको उपमा नै दियो तर पनि नेपाल आईडल निरन्तर अधि बढी रह्यो।

आफ्नो मन पर्ने कलाकार निस्कदा भोट सार्वजनि गर, धाँधली गर्यो भन्दै सामाजिक संजालमा धेरै कुर्लिए भने आफ्नो मन पर्ने कलाकार छनोटमा पर्दा खुशी हुन्थे। टप चारको अघिल्लो हप्ता भएको प्रस्तुती पछि निर्णायक मण्डलले कार्यक्रमको नियमअनुसार उक्त हप्ता कोही पनि आउट नहुने भन्दै “नो ईलिमिनेसन” भनेर घोषणा गरे संगै फेरी एकपल्ट नेपाल आईडललाई विवादमा लेराईयो र अन्तत अधिवक्त योगश न्यौपानेले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा नै दर्ता गर्यो नेपाल आईडल विरुद्द।

वास्तवमा यो मुद्दा नेपाल आईडल विरुद्ध नभई केही नयाँ गर्न चाहने सबै सिर्जनशील व्यक्ति र संस्थाहरु विरुद्ध थियो। सम्मानित अदालतले पनि यो हप्ता भोट नगन्न र सबै प्रतियोगीहरुलाई आएको भोटको फाईल सहित उपस्थित हुन एपीवान च्यानल र नेपाल आईडललाई आदेश त दियो तर यो आदेशले हामी नेपाली लाई भने निक्कै नमज्जा संग गिज्याएको छ। विदेशीका यस्ता कार्यक्रमहरु हामी मज्जा मानी मानी हेर्थेम तर हामी हाम्रै देशमा भने सस्तो लोकप्रियताको लागी आफ्नै खुट्टामा बन्चरो हान्न अघि बढिरहेका छौ।

पेट पाल्न दोहोरीमा गाउने बुद्ध लामाले लाखौ प्रशंसक बटुले, आफ्नै कोठामा गुनगुनाउने सागर आलेले आफ्नो प्रतिभा देखाउने स्थान पाए, संगीतका राम्रो विद्यार्थी निशान भट्टराईको आवाजले आज लाखौ मनहरु जितिसके, संघर्षले थाकेर एक्लै कोठामा रुने प्रताप दासको आवाज आज सबै नेपाली सामु परिचित भयो, बैंकको टेबलमा काम गर्दै गुनगुनाउने प्रमिला राईले आफ्नो युनिक आवाजले तहल्का पिटिन, रेष्टुरेण्टको चारकुन्ना भन्दा वाहिरको सांगितिक संसारको कल्पना सम्म नगरेका केन्जल श्रेष्ठ रातारात हिट भईन, पुरुष प्रधान समाजमा छोरीले पनि बा आमाको नाम उच्च राख्न सक्छन भनेर सुजता पाण्डेले प्रमाणित नै गरे, सपांगहरु भन्दा हामी केही पनि कमि छैनौ भनेर मेनुका पौडेलले सबैलाई चकित बनाए, फरक टोनका कारण राहुल विश्वास सबै सामु चिनिए, मेडिकल साईन्सका विद्यार्थी सन्ध्या जोशीले सुदुर पश्चिमको चर्चित देउडा भाकालाई अहिलेको युवी पुस्तामाझ चिनाएन मात्र आफै एक उदाहरण पनि बनिन, त्यसैगरी पप संगीतको माध्यमबाट पनि साँगितिक रियालिटी शोहरुमा अघि बढ्न सकिन्छ भनेर उल्सन श्रेष्ठले सिद्ध गरे  र संघर्ष गर्नुपर्छ फल अवश्य प्राप्त हुन्छ भनेर सुरज थापाको सांगितिक यात्राबाट हामीले पनि प्रेरणा लियौ।

यी नाम लिईएका टप १२ का सहभागी मात्र हैनन टप १८ र त्यो भन्दा अगाडीका धेरै कलाकारले आफ्नो प्रतिभा नेपाली जनता सामु चिनाउने अवसर पाए।

तर….

एपीवान टेलिभिजनले छोटो समयमै कमाएको टिआरपिको चर्चा र सफलता बाट जलेका केही परम्परागत टिभी च्यानलहरु, नेपाल आईडल जस्तो उच्चस्तरीय टिभी कार्यक्रम जसले छोटो समयमै पाएको दर्शकको माया र उचाईका आह्रिसे केही व्यापारमुखी धरेलु प्रस्तुतीहरु, सस्तो चर्चा बटुल्न चाहने वेरोजगार अधिवक्ता र केही मति भ्रष्ट जातिय अतिवादीहरु मिलेर आज नेपाल आईडल जस्तो उच्चस्तरिय कार्यक्रमलाई अदालत सम्म पुर्याउने हदै सम्मको निच काम भएको छ।

चर्चामा आउन, नयाँ कार्यक्रम वा टिभी च्यानल माथी छिड्की हान्न वा जातिय विभाजन वा जुनसुकै घृणित मानसिकताले जो कसैले यस्तो कदम चालेको छ त्यो व्यक्ति वा संस्थाले पुराका पुरा नेपाली समाजलाई आज फेरी एकपल्ट अपमानित गरेको छ। उसले गिज्याएको छ हामीलाई र प्रमाणित गरेको छ की हामी नेपाली दर्शक विश्वस्तरीय कार्यक्रमको लायक छैनौ भनेर।

संगीतमा भविष्य बनाउन चाहने धेरै युवाहरुको आशाको ढोका बनेको नेपाल आईडल माथी ठुलो षड्यन्त्र रचिएको छ। राम्रो राम्रो विदेशी कार्यक्रमहरुको शृंखला नेपालमा भित्र्याउन कसरत गरिरहेको एपीवान च्यानल विरुद्ध जाल बुनिएकोछ। नो ईलिमिनेसन डे हुनु रियालिटी शो हेरिरहने दर्शकको लागी कुनै नौलो कुरो हैन र यो कार्यक्रमको नियम अन्तर्गत नै हुने गर्दछ। सम्मानित अदालतले यस्ता सस्तो लोकप्रियता चाहने र ति सबै तमाम परिवर्तन विरोधी विरुद्ध फैसला सुनाउनेमा  म ढुक्क छु किनकी सत्यको लागी परिक्षा जरुर हुन्छ पराजय हुदैन।

२२ भाद्र २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको