सगरमाथाकी छोरीको प्रचण्डलाई प्रश्न -ब्राह्मण राज्य खै प्रचन्ड ज्यु ?


माओवादीले जातीय राज्यको नारा उच्यालो -कहीँ मगरात, कहीँ थरुवट, कहीँ तमुवान, कहीँ लिम्बूवान, कहीँ नेवा कहीँ भोजपुरा।
खै कहाँ छ ब्राह्मण राज्य ?  के ब्राह्मणको अस्तित्व नै छैन् ?

अन्य जातीलाई ब्राह्मणको विरुद्धमा उचालेर जातीय मोडालिटीको नेतृत्व गर्ने तपाईंको पार्टी अध्यक्ष कमरेड प्रचण्ड ब्राह्मण हो कि होइनन् ? जातीय सहिष्णुता कायम हुनुपर्छ भन्ने मेरो बुझाई हो।

के ब्राह्मण भएर जन्मनु हाम्रो अपराध हो ? ब्राह्मणका छोराछोरी टुपी कसेर पढ्छन् उन्नति प्रगति गर्छन्।

हरेक सामाजिक संरचनामा उसको वर्चस्व हुन्छ अनि प्रगतिशील गर्न नसक्ने दया र भिखमा बाँचेकाहरुले ब्राह्मणवाद मूर्दावाद भनेर कुर्लन्छन्, यो कत्ति सुँहाउद‍ो रहेछ।

अग्लो रुखलाई काटेर होचो रुखमा गाभ्दैमा समानता हुन्छ ? होचो रुखलाई जैविक मल,पानी र सुसार गरेर अग्लो बनाउने विचार पाल,
मलाई अचम्म लाग्छ कस्तो खालको समानताको बहस गर्छौ साथीहरू ?

सबलीकरण गरौं-समानताको कुरा गरौं, लुटेर चोरेर धनी हुने सपना नपालौं । मेहनत गर्न सिकौं, कुनै कुरा आफैले आर्जन गर्न सिकौं ।

ब्राह्मण राज्य शोषणको कारण होइन ? यो सहिष्णुता खलबलाउन चाहने माओवादी सोचमा हाम्रा जातजातिले सत्यता स्विकार्ने कि नस्विकार्ने ‘?

जातीय राज्य चाहिने रे उनीहरूलाई र ब्राह्मणवादी एकात्मकवादी सोचका कारण पछाडि परे रे उनीहरू यहीँ सोच परिवर्तन हुन जरुरी छ।
जातका नाममा राजनीति गर्ने परिपाटी बन्द हुनुपर्छ ।

आजसम्म ब्राह्मणको खेदो खनिएको छैन र रुजसरी चाणक्यले प्रण गरेर मगध राज्य कब्जा गरे खबरदार ब्राह्मण पुनस् जाग्ने दिन नआओस्।

के ब्राह्मणका विरुद्ध आवाज उठ्दा ब्राह्मणले सहेकै छन त ?

कुनै जातीलाई गालीगलौज गर्न खोजिएको होइन, वर्गीय आरक्षण दिइयोस्जा-तीय आरक्षण खारेज गरियोस् ।
वास्तविक गरीबले आरक्षण पाउनुपर्छ तर गलत ढङ्गबाट बाढिएको आरक्षण तत्काल बन्द गरियोस् हैन् भने ब्राह्मणलाई पनि आरक्षण दिइयोस् ।

टिभी अन्नपूर्ण/सावित्री सुवेदी (सगरमाथाकी छोरी) बारा

२२ भाद्र २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको