पोष्टपाटी! रमेश प्रसाद शाहा
गरुडा नगरपालिका–४ मा नयाँ सडक निर्माणका क्रममा खनेर छाडिएको पानी जमेको खाल्डोमा डुब्दा शनिबार एकै परिवारका तीनसहित चार बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय रामएकवाल साहका दुई छोरी १२ वर्षीया संगीताकुमारी र ९ वर्षीया सुनिताकुमारी, उनकै भतिजा प्रेमनारायणकी छोरी ९ वर्षीया सुस्मिताकुमारी र भाइ पर्ने योगेन्द्र साहकी छोरी ९ वर्षीया सुनैनाकुमारी छन्।
देशका विभिन्न भागका सडकका खाल्डा नपुरिँदा हालैका दिनमा ११ बालबालिकाको मृत्यु भइसकेको जानकारी व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले दिए ।
https://www.youtube.com/watch?v=zz-mZQ8TsFI
प्रतिक्रिया दिनुहोस