सुनिता दुलाल ‘दर खाने दिन..’ अमेरिका, अस्ट्रेलिया जाँदै {भिडियो}


पोष्टपाटी!

हसिन मुहारकी धनि सुनिता दुलाल तिज गीतकी गायिका भनेर स्रोता माझ भिजेकी गायिका हुन्। लोक दोहोरीमा छुट्टै पहिचान बनाएर स्रोता माझ सम्मानित भैरहने गायिका मध्ये सुनिता दुलाल पनि पर्छिन। स्टेज कार्यक्रमहरुमा प्रायः नेपाली पहिरन चोली र सारीमा देखिने दुलालले आफुलाई सभ्य लोक गायिकाको रुपमा उभ्याएकी छन।

यसपालिको तिजमा दुलालले एउटा मात्र “दर खाने दिन..” तिज गित ल्याएकि छन्। बाह्रखरीसँग कुराकानीको क्रममा सुनिताले भनिन ‘यो बर्षमा ५० भन्दा धेरै गीतहरुको अफर आएपनि आफ्नो एउटा गित मात्र गाएको छु’। गीतको गुणस्तरलाई बढी महत्व दिने दुलालले थोरै गाउने तर गुणस्तरीय बनाउने उनको तर्क छ।

अरुको गित गाउदा दर्शक तथा स्रोताहरुले आफुबाट अपेक्षा गरेको जस्तो गित नपाउने उनको भनाइ छ। दुलाल भन्छिन ‘दर खाने दिन…तिज गितमा चेली र माइतीको कुरा छ । तिजको संस्कार, संस्कृति र मर्म भन्दा बाहिर गएको छैन। जोगाउने मद्दत गर्छ’।

आजभोलि तिजहरु भड्किलो हुदै गएकोमा दुलाल चिन्तित पनि छन। उनि भन्छिन “तिजका गीत एकदमै भड्किलो हुँदै गएका छन् । तिजका गीत भन्न पनि लाज लाग्ने अवस्था आईसक्यो। तिज भनेको हाम्रो संस्कार र संस्कृति पनि हो। हामी समाजमा रहेर गीत सुन्ने हो, हेर्ने हो। त्यसैले सबै सँगै बसेर सुन्न सक्ने खालको गीत हुनुपर्छ।“

तिजको मर्म बिपरित गित गाउने र निकाल्नेहरुलाई उनले भनेकी छिन “रत्यौली खालका गीत गाउने चलन बढेको छ। केटाहरू हाबी हुन थालेका छन्। यो राम्रो होइन”। यद्यपि प्रसँग मिलेका गीतहरु दाजुभाईहरुले गाउदा फरक नपर्ने उनको भनाई छ।

स्टेज कार्यक्रममा २६/२७ देशहरुमा पुगेकी गायिका यो तिजको अबरमा कार्यक्रमका लागि अस्ट्रेलिया, जापान, अमेरिका र बहराइन जादैछिन।

हेर्नुहोस सुनिता दुलालको दर खाने दिन…तिज गित  

२३ श्रावण २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको