काठमाडौं मंसिर २०
जुन २०१८ सम्ममा सञ्चालनमा ल्याउनेगरी कलंकी अन्डरपास निर्माण धमाधम अघि बढेको छ । हालसम्म ४० प्रतिशत काम सकिएको छ ।उपत्यकाबाट बाहिरिँदा होस् या भित्रिँदा, अहिले कलंकीको जाममा फस्नु पर्छ । एक घण्टाको जाम त कलंकीमा सामान्यजस्तै छ । तर, अन्डरपास निर्माण भएसँगै यो समस्या हट्ने छ ।
जुलाई २०१८ अघि नै काम सक्ने लक्ष्य चिनियाँ कम्पनीको छ । उक्त योजना चीन सरकारकै सहयोगमा निर्माणाधीन छ ।
आठ सय मिटर लामो अन्डरपासमध्ये अहिले बल्खुतर्फ अधिकांश काम सकेर सीतापाइलातर्फको निर्माणमा तीव्रता दिइएको छ ।
आयोजना प्रमुख झाका २० दिनयता चिनियाँ कम्पनीले काममा तीव्रता दिएको हो । ‘तर, समय सीमामा काम सक्न कामदार थप्न जरुरी छ,’ उनले भने, ‘कामदार थप भनिरहेका छौं ।’
बल्खु खसीबजारबाट आएका सवारी साधनलाई सोही मार्गबाट सीतापाइलासम्म पुग्ने व्यवस्था मिलाइन लागेको हो । खसीबजारबाट थानकोट र सोल्टीमोडतर्फ जाने सवारीले भने हाल सञ्चालनमा रहेको सडक नै प्रयोग गर्नुपर्ने छ । विनासकारी भूकम्प र भारतको नाकाबन्दीका कारण यसको निर्माण एक वर्षपछि धकेलिएको थियो । सुरुवातको सम्झौतामा जनवरी २०१७ मै काम सकिने उल्लेख थियो । थानकोट–कालीमाटी ओहोरदोहोर गर्ने सवारी साधनहरु अन्डरपासको माथिबाट गुड्नेछन् । अहिले थानकोटबाट आउने सवारी साधन कालीमाटीतर्फ जान र बल्खुबाट आएका साधन सीतापाइलातर्फ मोडिँदा ट्राफिक जाम हुने गर्छ ।
दुवैतर्फबाट आउने साधनले एउटै सडक प्रयोग गर्नुपर्दाको बेफाइदा हो यो । अन्डरपासमार्फत् थानकोटबाट कालीमाटी जानेआउने सवारी साधन बिनाजाम निर्वाध गन्तव्यतर्फ जान पाउने छन् । बाकि भिडियो हेर्नुस् ।
प्रतिक्रिया दिनुहोस