नेपाल आइडलले अदालत र बिरोधिलाई गर्यो ९ यक्ष प्रश्नहरु -यज्ञमणिले कति भोट गरे ?


पोष्टपाटी/काठमाडौं, २१ भाद्र 

काठमाडौं जिल्ला अदालतले नेपाल आइडलको भोट गणना गर्ने कार्य नगर्न अन्तरिम आदेश दिदै अदालतले मुद्दाको विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टिभीलाई भदौ २३ गते बिहानको १० बजे भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन भनेपछी नेपाल आइडलले अदालत र बिरोधिहरुलाई नौ प्रश्न गरेको छ।

जिल्ला अदालतका न्यायधीय दिवाकार भट्टको एकल इजालशले नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै आज यस्तो अादेश दिए पछी नेपाल आइडलले नौ बुँदे असन्तुष्टि जनाएको छ। नेपाल आइडलमा भोटिङ गणना एक पक्षीयरुपमा गरेर कानुन उल्लंघन गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए।

निवेदक यज्ञमणि न्यौपानेलाई कति भोट गरेका छन् ? भनेर नेपाल आइडलले प्रश्न गरेको छ, साथै नेपाल आइडलले निबेदक यज्ञमणि न्यौपानेले कुन आधारमा एपि वान आफुले चाहेको प्रतियोगीलाइ बचाउन खोजेको वा नेपाल आइडल बनाउने खोजेको भन्ने जघन्य आरोप लगाए ? भोलि सत्यतथ्य बाहिर आउँदा समाजलाई उनले कसरी मुख देखाउने छन् ? भन्दै नैतिक प्रश्न तेर्स्याएको छ ।

हामीलाइ त बन्देज लगाउला तर नेपाली जनताको नयाँ टेक्नोलोजि र अन्तराष्टिृय स्तरको शो हेर्ने चाहमा कसरी बन्देज लगाउछौ ? भन्दै नौ प्रश्न गरेको छ ।

हेर्नुहोस नेपाल आइडलका नौ प्रश्नहरु यस्ता छन्:

१. सम्मानित काठमान्डौ जिल्ला अदालतको आजको निर्णयबाट यो शो को बिरोध गर्ने र नेपाली मिडियालाई परनिर्भरतामा लैजान खोज्नेहरु खुसि भए नै होलान तर नेपाल आइडलका चार होनाहार संगीतसाधकको भबिष्य के हुने ?

२. अन्तर्राष्ट्रिय फ़्रेन्जाइज्ड शो को नियम अनुसार नै यसको सम्पूर्ण प्रक्रिया गर्न किन नपाउने ?

३. आज सम्म यो देशका अन्य टेलिभिजनहरुले पनि सयौपटक अनेकौ कार्यक्रममार्फत भोट मागेका छन् तर अन्तर्राष्ट्रिय शो को फरमेट अनुसारनै एपी वानले एसएमएस भोटिंगका लागि गरेको आह्वानमा यतिबिघ्न बिरोध किन ?

४. कुरा नेपाल आइडलको मात्र रहेन, के नेपाली दर्शकका लागी नेपाली भाषा नै अन्तर्राष्ट्रिय शो को फ़्रेन्जाइज ल्याउनै नदिइने हो त ?

५. के अब सधै बिदेशी च्यानलको कार्यक्रम हेरेर पैसाको पोको बोकेर बिदेशी कै लागि नेपालिहरुले भोट गर्नु पर्ने हो त ?

६. निबेदक यज्ञमणि न्यौपानेले कति भोट गरेका छन् ?

७. कुन आधारमा निबेदक यज्ञमणि न्यौपानेले एपि वान आफुले चाहेको प्रतियोगीलाइ बचाउन खोजेको वा नेपाल आइडल बनाउने खोजेको भन्ने जघन्य आरोप लगाए ? भोलि सत्यतथ्य बाहिर आउँदा समाजलाई उनले कसरी मुख देखाउने छन् ?

८. नेपाली टेलिभिजन कै इतिहासमा करोडौ दर्शकलाई जीवनका अनेकौ रसको मनोरंजन प्रदान गर्दै इच्छुक दर्शककै सहभागितामा नेपाल आइडल छान्न आव्हान मात्र गरिएको हो । के कसैले भन्न सक्छ भोट गर्नका लागि एपि वानले कसैलाई कुनै पनि प्रकारको करकाप गरेको छ भनेर ?

९. के नेपाली दर्शकलाई आफ्नै भाषाको एचडी च्यानल र अन्तर्राष्ट्रिय शो ल्याउनु नै गलती थियो ? यो बन्द गराउन खोज्दा कसलाई फाइदा पुग्ने हो ?

 

२१ भाद्र २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको