काठमाडौं जिल्ला अदालतले नेपाल आइडलको भोट गणना गर्ने कार्य नगर्न अन्तरिम आदेश गरेको छ। आदेशसँगै अदालतले मुद्दाको विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टिभीलाई भदौ २३ गते बिहानको १० बजे भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन पनि भनेको छ।
जिल्ला अदालतका न्यायधीय दिवाकार भट्टको एकल इजालशले नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै आज यस्तो अादेश दिएका हुन्।
नेपाल आइडलमा भोटिङ गणना एक पक्षीयरुपमा गरेर कानुन उल्लंघन गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए।
कम्तिमा २३ गतेसम्मका लागि चर्चित कार्यक्रम नेपाल आइडलले झन्झट खेप्ने निश्चित देखियो। जिल्ला अदालतका अनुसार २३ गते दुबै पक्षको बहसपछि अदालतले नेपाल आइडलको निरन्तरताको पक्ष वा विपक्षमा फैसला गर्ने बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस