नायिका करिश्मा मानन्धर मानन्धर विद्यालय भर्ना भएकी छन् । नयाँ शक्ति नेपालकी नेतृ समेत रहेकी मानन्धर ९ कक्षमा भर्ना भएकी हुन् ।
७ कक्षा पढ्दा पढ्दै चलचित्र क्षेत्रमा आएकी फेरी विद्यालय भर्ना भएकी हुन् । अहिले आएर औपचारिक शिक्षाको अभाव खड्किएकाले विद्यालय गएर अध्ययन गर्ने धोको पूरा गर्न लागेको उनको भनाई छ ।
गत वर्ष ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल (कक्षा आठ) पास गरेकी करिष्मा यो वर्ष कक्षा ९ मा भर्ना भएकी हुन् । यसवर्ष मैतीदेबीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी हुन् ।
‘सिनेमा त मैले पिएचडी नै गरेँ भने पनि हुन्छ, तर औपचारिक शिक्षा भने भएन, त्यही अभाव पूरा गर्न अहिले अध्ययन थालेको हुँ,’ उनले भनिन् । पार्टी र चलचित्र क्षेत्रको व्यस्तताका बाबजुद पनि धेरैभन्दा धेरै दिन विद्यालय जाने गरेको बताइन् ।
देश विदेश जाँदा औपचारिक शिक्षा पूरा गर्न नपाउँदा दुःख लाग्ने गरेको भन्दै उनले त्यही पीडालाई शान्त पार्न अहिले विद्यालयको ढाकोसम्म पुगेको उनको भनाई छ । करिष्माकी छोरी कबिता भने हाल स्नातक तहमा अध्ययनरत रहेकी छिन् ।
प्रतिक्रिया दिनुहोस