नेपाल आइडलले गर्यो निशुल्क भोटिंगको ब्यबस्था


पोष्टपाटी/काठमाडौं, २१ भाद्र

हाल चर्चामा रहेको सांगितिक रियालीटि शो नेपाल आइडलले यस हप्ता आफ्नो एपमार्फत नेपाल भित्रबाट निशुल्क भोटिंगको व्यवस्था गरेको छ। गत शुक्रबार नो इलिमिनेसन डे घोषणा गरिएको कुरालाई लिएर धेरैको गुनासो आएकोले एक सुचना जारि गर्दै भोटिंग निशुल्क बनाएको जनाएको छ ।

जजहरु द्वारा नो इलिमिनेसन डे घोषणा गरिए पछी नेपाल आइडल तिब्र बिबादमा मुछिएको थियो र आउने हप्ता नेपाल आइडलले भोटिङ निःशुल्क बनाउन फ्रिमेन्टल मिडियासँग छलफल गरिरहेको यो भन्दा अघि जानकारी पनि गराएको थियो ।

नेपाल आइडल द्वारा जारि सुचनामा भनिएको छ, ‘गत हप्ताको नो एलिमिनेसन एपिसोड फरमेट बमोजिमनै भए पनि एसएमएस भोटिंगमा यहाँहरुले खर्च गर्नु भएको पैसा र सम्बन्धित प्रतिस्पर्धीहरुले पाएको गत हप्ताको भोट यस हप्ता प्राप्त भोटसँगै गणना हुने विदितै छ’ ।

फ्रिमेन्टल मिडियालाई अवगत गराएपछि उठेका गुनासा सम्बोधन गर्न विशेष व्यवस्था गदै चलिआएको एसएमएस व्यवस्थाकासाथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ । निशुल्क भोटिंगका लागि भने नेपाल आइडलको एप डाउनलोड गर्नु पर्नेछ र आफ्ना मनपर्ने प्रतियोगीलाई एक लग इन आइडिबाट ५ भोट निशुल्क गर्न सकिने आइडलले जनाएको छ ।

नेपाल आइडल प्रति केही गुनासा भए सभ्य भाषामा व्यक्त गर्न आग्रह गर्दै नेपाली च्यानल र नेपालमा बनेका स्तरीय शो बन्द गराएर विदेशी परनिर्भताका लागी समाज बिगार्नेबाट जोगिन नेपाल आइडलले अनुरोध सम्म गरेको छ।

हेर्नुहोस नेपाल आइडलको सुचना यस्तो छ:-

सूचना

गत हप्ताको नो एलिमिनेसन एपिसोड फरमेट बमोजिमनै भए पनि एसएमएस भोटिंगमा यहाँहरुले खर्च गर्नु भएको पैसा र सम्बन्धित प्रतिस्पर्धीहरुले पाएको गत हप्ताको भोट यस हप्ता प्राप्त भोटसँगै गणना हुने विदितै छ । यसबारेमा सामाजिक संजालहरुमा देखिएको जिज्ञासाका बारेमा फ्रिमेन्टल मिडियालाई अवगत गराएपछि उठेका गुनासा सम्बोधन गर्न विशेष व्यवस्था गदै चलिआएको SMS व्यवस्थाकासाथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ । यसका लागि भोट गर्नुपूर्व ईच्छुक दर्शक महानुभावहरुले नेपाल आईडलको एप डाउनलोड गर्न सक्नु हुनेछ र आफ्ना मनपर्ने प्रतियोगीलाई एक लग इन आइडिबाट ५ भोट निशुल्क गर्न सक्नु हुनेछ । केही गुनासा भए सभ्य भाषामा व्यक्त गरौ तर नेपाली च्यानल र नेपालमा बनेका स्तरीय शो बन्द गराएर विदेशी परनिर्भताकालागी समाज बिगार्ने बाट जोगियौ.

२१ भाद्र २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको