युएई भ्रमणमा रहेका नेता रायमाझी प्रति आफ्नै प्रबास संगठनका युवाले पोखे असन्तुष्टि


पोष्टपाटी!

एक्कासी युएई भ्रमणमा देखिएका माओबादी केन्द्रका पोलिटब्युरो सदस्य टोप बहादुर रायमाझी प्रति प्रबासमा रहेको आफ्नै भातृसंगठनका युवाहरुले असन्तुष्टि पोखेका छन्। पूर्व उपप्रधान तथा उर्जामन्त्री रायमाझीको भ्रमण प्रति अस्पस्टता जनाउदै युएईमा रहेको नेपाली जन प्रगतिशील मंचका प्रबक्ता अनिस तामाङले युएई आएको बारे थाहा नपाएको भन्दै लामो असन्तुष्टि पोखेका छन।

प्रवक्ता तामाङले भनेका छन् “हामी यहाँ १२ घन्टा गोरु जोताई काम गरेर पार्टी र संगठनको लागि मरिमेटेर हिडेको कुनै स्वार्थ पुरा गर्नको लागि हैन कमरेड ! पार्टीले खाडी मुलुकको संगठनलाई हेर्ने दृष्टिकोण देख्दा जोसजाँगर मरेर आउछ।”

उनले अत्यन्त भावनात्मक मर्म पोख्दै भनेका छन् “तपाईंहरुलाई त्यो ठाउमा पुर्याउने ८०% योद्धाहरु आज उदास हुदै खाडीमा पसिना बेचिरहेका छन। हामी तिनै निराश मनहरुलाई हौसला दिदै विकेन्द्रित कार्यकर्ताहरुलाई केन्द्रित बनाएर एउटा शक्तिमा बदलेको छौँ !” तामाङ अगाडी भनेका छन् “हाम्रो संगठन अरु पार्टीको तुलनामा धेरै माथि छ किनकि हामी संग अझै हिजोको क्रान्तिकारी जोस मरेको छैन।”

माओबादी केन्द्रका नेता टोप बहादुर रायमाझी अगस्त ४ तारिखमा युएई आए लगतै आफ्ना जिल्लाबासिहरु संग भेटघाट कार्यक्रममा व्यस्त रहनु भएको थियो। तर युएईमा अन्य पार्टीहरु भन्दा राम्रो वर्चस्व जमाएर बसेको जन प्रगतिशील मंच संग बिदेश बिभाग मार्फत युएइमा रहेको संगठनलाई कुनै जानकारी नभएको स्रोतले बताएको छ। फलस्वरूप पार्टी प्रति निष्ठावान कार्यकर्ताहरुले यस्तो असन्तुष्टि पोखेका हुन्।

रायमाझी नितान्त व्यक्तिगत काममा युएई भ्रमणमा रहेको भएपनि अर्घाखाँची सम्पर्क समिति युएईको चौथो अधिबेशनमा भाग लिनु भएको थियो। अधिबेशनमा उपस्थित जिल्लाबासिलाइ प्रशिक्षण दिदै जिल्लामा आफुले गरेको बिकासको फेहरिस्त पनि सुनाउनु भएको थियो ।

पार्टीका नेताहरु बिदेस भ्रमणमा जाँदा उक्त देशमा रहेका संगठनहरुलाई आधिकारिक जानकारी गराउनु पर्ने हो तर दुखको कुरा गराउनु भएन, माओबादी केन्द्रका निकट एक व्यक्तिले पोष्टपाटी संग भने।

पार्टी अन्तर संघर्ष भित्र संधै गुटउपगुटको खेमामा उभ्याइने रायमाझीलाई क्षेत्रीयताबादीको बिल्ला पनि भिराइने गरिन्छ। उनको युएई भ्रमण पछी देखिएको भेटघाट कार्यक्रमलाई हेर्दापनि क्षेत्रीयताको आरोप लाउनेहरुलाइ मल्जल भएको अनुमान सजिलै गर्न सकिन्छ।

हेर्नुहोस नेपाली जन प्रगतिशील मंच युएइका प्रबक्ता तथा माओबादी केन्द्र निकट प्रेस सेन्टर नेपाल युएइको संयोजक समेत रहेका अनिस तामाङको आफ्नो भनाई जस्ताको त्यस्तै :-

हाम्रो नेता युएई पाल्नु भएको रहेछ ! समाचार पढेर थाहा पाए ! अब हाम्रो नेतालाई न कार्यकर्ता चाहियो न त संगठन नै ! हामी यहाँ १२ घन्टा गोरु जोताई काम गरेर पार्टी र संगठनको लागि मरिमेटेर हिडेको कुनै स्वार्थ पुरा गर्नको लागि हैन कमरेड ! पार्टीले खाडी मुलुकको संगठनलाई हेर्ने दृष्टिकोण देख्दा जोसजाँगर मरेर आउछ।

तपाईंहरुलाई त्यो ठाउमा पुर्याउने ८०% योद्धाहरु आज उदास हुदै खाडीमा पसिना बेचिरहेका छन। हामी तिनै निराश मनहरुलाई हौसला दिदै विकेन्द्रित कार्यकर्ताहरुलाई केन्द्रित बनाएर एउटा शक्तिमा बदलेको छौँ ! यहाँ अरु पार्टीका पनि विदेश विभाग संगठनहरु छन उहाँहरुको महिनामा १,२ ओटा केन्द्रीय नेताहरु आउदै प्रशिक्षण दिइरहेका पाउछौ। उनिहरुलाई थाहा छ अबको राजनीति कहाँ छन भनेर त्यसैले केन्द्रबाटै नेताहरु आएर कार्यकर्ताहरुलाई राजनीतिक प्रशिक्षण दिएर बौद्धिक रुपमा बलियो बनाउछन तर हाम्रो त्यस्तो छैन तर पनि हाम्रो संगठन अरु पार्टीको तुलनामा धेरै माथि छ किनकि हामी संग अझै हिजोको क्रान्तिकारी जोस मरेको छैन।

हेक्का होस् अबको राजनीति भनेको विदेशमा छ।यसो भन्दै गर्द परेसडाँडा र प्रचण्डको वरिपरि घुमेर नथाक्ने कमरेडहरुलाई हाँसो लाग्ला तर एकदिन पक्कै थाहा पाउने छ कि अबको राजनीति कहाँ रहेछ भनेर। परम्परागत मानसिकताबाट माथि उठ्न नसक्ने नेता कार्यकर्ताहरुले हामी प्रवासमा रहेका कार्यकर्तालाई हेर्ने संकिर्ण सोचले एक दिन आफैलाई पिरोल्ने छ।

सबै नेताहरुले गाउँ जानु पर्छ गाउँ जानु पर्छ भन्दै हिडेको सुनेको छु तर ति होस गुमाएको नेताहरुलाई यति पनि थाहा छैन कि हिजो गाउँमा रहेका युवाहरु खाडीमा छन भनेर। हिजो माओवादी प्रति आस्था राख्ने लाखौ युवाहरु विदेशमा छन हामी तिनै युवाहरुलाई समेट्न रातदिन नेट इन्टरनेट, सामाजिक संजाल मार्फत लाख कोशिस गर्दै हिडेको छौ तर हाम्रो योगदानलाई न त पार्टीले बुझ्छ न त नेताहरुले नै। यो पहिलो पटक हैन धेरै पटक हाम्रो संगठन र हामीलाई चित्ता दुखाउने काम हाम्रो नेताहरुले गर्दै आएका छन। हामीलाई यो सुइकार्य छैन !

धेरथोर क्रान्तिमा योगदान दिएकै हो, योही पार्टीमा परिवारले रगत बगाएको छ, हाम्रो चेलीको खुसी लुटेको छ, हाम्रो सन्तानले शरिरमा गोलीको छर्रा बोकेर खाडीको तातो गर्मिमा पसिना बगइरहेको छ, महाभारतको चिसोले बुढा बौ दमको विमार हुनुहुन्छ, आमा बाथको रोगी हुनुहुन्छ, क्रान्तिमा सर्वस्व गुमाएका छौ तर पनि पार्टीको नाममा एक टुक्रा फलाम लिएन, न त मलाई जागिर मिलाउ देउ भनेर कोही नेता संग विख माग्न गए। आज एक छाक खानाको लागि खाडीमा छु। आफ्नो पाखुरा बजारेर परिवार पालेकै छु तर पनि पार्टीको माया लाग्छ। पार्टी हार्दा आफु हारेको झै लाग्छ नेतृत्वलाई कसैले गाली गर्दा हाम्रो चित्ता दुख्छ तर हाम्रो चित्ता दुखेको चहि कसले देख्ने कमरेड ! धेरे आरोप लगाउन चहान्न हामी सकेको योही प्रवृत्तिले हो।

२२ श्रावण २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको