यस्तो छ अल्बर्ट अन्सटाइनको सफलताको मन्त्र


संसारकै महान वैज्ञानिक अल्बर्ट आन्स्टाइनसँग एक पटक एउटा केटाले सोध्यो , ‘सर आज सारा संसारमा तपाईको नाम चर्चित छ । सबै तपाईकै प्रशंसा गर्छन । तपाईलाई महान वैज्ञानिक भनेर सम्मान गर्छन । आखिर तपाई कसरी यति महान् बन्नुभयो , त्यसको गुरुमन्त्र के हो ? मलाई पनि बाताइदिुनहोस न । ’

सो केटाको जिज्ञासा सुनिसकेपछि आन्स्टाइनले एक शव्दमा उत्तर दिए, ‘लगन’ । उनको उत्तर सुनिसकेपछि केटाले सोध्यो , ‘हजुरले के भन्नुभएको हो मैले त बुझ्न सकिनँ ।

आन्स्टाइनले मुस्कुराउँदै भने , ‘ हेर बाबु जब म तिम्रो उमेरको थिए , त्यतिखेर गणितको नाम सुन्नासाथ डराउँथे , जस्तो तिमी आज डराईरहेका छौ । गणितमा म धेरैजसो फेल नै हुन्थे । फेल भएपछि मैले निकै कठोर सजायँ पनि पाउँथे , मेरा साथीहरु म भन्दै निकै जान्ने थिए ।

उनीहरु मेरो मजाक उँडाउथे । म मन मारेर बस्थेँ । एक दिन मैले सोचे आखिर ममा कुनै कमि त छैन , फेरि किन म गणित देखि डराईरहेको छु ? बस त्यस दिन देखि मैले गणितको प्रश्न समाधानका लागि बडो लगनका साथ मेहनत गर्न थालेँ । त्यस क्रममा म बारम्बार असफल भएँ । साथीहरुले मेरो मजाक उँडाए ।

तर ममा एउटा यस्तो लगन थियो कि जसरी भएपनि गणितका समस्या समाधान गरेरै छाड्ने धुन चढेको थियो । यहि लगनको प्रतिफल हो , आज मानिसहरु मेरा सिद्धान्त अपनाउँछन् । एउटा चमत्कार यो पनि भयो कि मैले विज्ञानमा पनि प्रसिद्धि हाँसिल गरेँ । लगन नै मेरो गुरु मन्त्र हो , तिमिले पनि लगन नछाड्नु ।

आइन्स्टाइनको जवाफपछि सो केटाले साँचो लगनको महत्व बुझ्यो ,र उ आइन्टाइनलाई धन्यवाद भनेर आफ्नो बाटो लाग्यो । एजेन्सी

२० भाद्र २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको