एमालेसँग साथ अरुलाई धारे हात :राप्रपा


पोष्टपाटी/ काठमाडौं

आगामी असोज २ मा हुने २ नम्बर प्रदेशको स्थानीय चुनावमा राप्रपाले देशभक्त र राष्ट्रवादी शक्तिसंग तालमेल हुने भन्दै एमाले संग तालमेल गर्ने भएको छ।

मनोनयनको एक दिनअघिसम्म राप्रपाले कुनै पनि दलसँग तालमेल भने गरिसकेको छैन तर, राप्रपाले स्थानीय आवश्यकता अनुसार तालमेलको जिम्मेवारीपनि स्थानीय कमिटीलाई नै दिएको छ।

‘हामीले देशभक्त र राष्ट्रवादी शक्तिसंगै तालमेल गर्छौँ, स्थानीय आवश्यकता अनुसार तालमेल हुन्छ, केन्द्रबाट हुँदैन’, श्रेष्ठले भने,‘राष्ट्रवादी र देशभक्त शक्तिसंग तालमेल गरिने भएकाले एमालेसंगको तालमेललाई हामीले अल्लि बढी प्राथमिकतामा राखेका छौं।’

महामन्त्री चन्दले राप्रपा सैद्धान्तिक रुपमा तालमेलको पक्षमा रहेको बताए। ‘हामी सैद्धान्तिक रुपमा तालमेलको पक्षमा छौं’, उनले भने,‘हामीसंग तालमेल गर्न उत्सुकता देखाउने पार्टीसंग स्थानीय लेभलबाटै तालमेल हुन्छ।’

राप्रपाले दुई नम्बर प्रदेशमा आफ्नो उपस्थिति सुदृढ हुने आंकलन गरेको छ। राप्रपा स्थानीय तह निर्वाचनमा मात्रै नभएर आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा समेत पार्टीको बलियो उपस्थिति हुने वातावरण बनाउन लागि परेको छ।

२० भाद्र २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको