पोष्टपाटी!
भरतपुर महानगरपालिकाको मेयर पदमा रेणु दाहाल निर्वाचित भएकोमा शुभकामना दिँदै रेणु दाहालकी भाई बुहारी तथा प्रकाश दाहालकी पुर्व पत्नी सिर्जनाले भावुक बधाई दिँदै खुसि व्यक्त गरेकी छन् ।
प्रकाशसँग अझै औपचारिक रुपमा सम्बन्ध बिच्छेद नभएकी सृजनाले फेसबुक मार्फत भेटेरै बधाई दिने अवस्था नभएको दु:ख ब्यक्तगर्दै रेणुलाई `ढुंगाको कापमा उम्रिएको पिपलको बोट’ को संज्ञा दिएर प्रसंशा गरेकी छन् ।
सिर्जना त्रिपाठीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा रेणु दाहालको फोटो पोष्ट गर्दै भावुक स्टाटस लेखेकि छन् ।
रेणु दाहाललाइ बधाइ दिदै भनेकी छिन ‘धेरै समयपछि मन खुसी छ । कारण, भरतपुर महानगरपालिकाको प्रमुखजस्तो गरिमामाय पदमा रेणु दिदीले जित्नुभएको छ । दिदीसँग गला मिलाएर बधाई दिन मन थियो । तर, दुर्भाग्य । त्यो अवसर मबाट खोसियो । रेणु दिदी ढुंगाको कापमा उम्रिएको पिपलको बोट हो । सधैं अरुलाई शीतल दिनु । खास गरी भरतपुरका मतदाताप्रतिको धर्म नबिर्सनु । मेयर जितेको दिनमा जति पबि्त्र हुनुहुन्छ, पदबाट हटेको दिन पनि तपाईंको स्वच्छता, इमान र पवित्रतामा कसैले चोर औंला ठड्याउन नसकोस् । हार्दिक–हार्दिक बधाई, शुभकामना ।’
हेर्नुहोस् उन्को स्टाटसको यस्तो छ
प्रतिक्रिया दिनुहोस