स्वाइनफ्लुबाट ६ जनाको मृत्यु, ८३ जनालाइ भेटियो


बंगुरबाट मानिसमा सर्ने स्वाइनफ्लुबाट पोखरा र झापामा गरी तीनजनाको मृत्यु भएको छ । अन्य केही बिरामी परेका छन् । विरामीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको र संख्या भने यकिन नभएको जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालका अनुसार बुधवारसम्म पोखराका २९ वर्षीय एक पुरुष र ३६ र ४८ वर्षका दुई महिलाको मृत्यु भएको छ ।

बुधवारसम्म देशैभर ८३ जनालाई स्वाइनफ्लु देखिएकोमा ६ जनाको मृत्यु भएकोमा पोखराका मात्रै तीनजना रहेको जानकारी केन्द्रबाट आएको उनले बताए, कान्तिपुरमा समाचार छ ।

२१ श्रावण २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको