पोष्टपाटी!
हिजोका कमान्डर कामरेड पासाङलाई आज रेड वाइनले ततायो। बिचरा उहाँ त्यसैपनि अस्वास्थ्य हुनुहुन्छ, रेड वाइन नै पिउनु भयो होला भन्ने त लाग्दैन! शायद पिउदिन भन्दा भन्दै साम्राज्यबादीहरुले पिलाए कामरेडलाइ। फेरी पिउने बिषयमा पनि बिबाद भएको होइन, रेड वाइन कसरि समाउने भन्ने बिषयमा हो।
उच्च ओदाहको पदीय जिम्मेवारी बोकेको एउटा व्यक्तिको सामान्य कमजोरीले मर्यादा तथा शिष्टाचारको ट्याग भिराइ दिन्छ। उक्त ट्यागको निशामा गणतान्त्रिक मुलुक नेपालका प्राय: सबै जसो नेताहरु परेका छन्।
यसपाली १० बर्षे जनयुद्द्का कमान्डर कामरेड पासाङ चियर्सको निशानामा परे। अमेरिकी स्वतन्त्रता दिवस मनाउन नेपालस्थित अमेरिकी राजदूत अलाइना बि टेपलेट्ज संग रातो वाइन चियर्स गर्दा आलोचनाको सिकार भैरहनु भएको छ।
तर स्मरणहोस्, १० बर्ष युद्द लड्दा जाँड रक्सी दुर्व्यसनी हो भन्दै गाउँगाउँमा घैटो फोर्नेहरु शहरमा रातो वाइन चियर्स गर्दा विमति भएको भने होइन, बरु रेड वाइन गिलास प्रक्रिया मिलाएर समाउन नजान्दा दुखि आत्माहरु दुखेका हुन्।
प्रजातान्त्रिक मुलुकमा मनमर्जी बोल्न पाउने तर रेड वाइनको गिलास आफूखुसी समाउन नपाउने सासन सत्ताको स्वरूप पनि गजबको छ।
दूरदराजका नागरिकहरु भोकै छन्, नांगै छन् तर शहरको त्यो महलमा रातो वाइन समाउन नजानेको चर्चाले आकाश छुन्छ। अनि सवाल वाइन किन पिउनु ? भन्नेमा होइन, कसरी पिउनु? भन्नेमा उठ्छ। त्यो पनि हिजो त्यहि सेतो वाइनको घैटो फोर्नेहरु उपर!
बाठाहरुको देशमा लाटीको धोतीले चर्चा पाउछ भनेको यहि हो।
प्रतिक्रिया दिनुहोस