बिछोडिएको प्रेम कहानी ।


लेखक

आफुलाई मनपर्ने मान्छेको साथ अनि आफ्नै लागि धड्कने त्यो एउटा मुटु आफूसँगै होस् भन्ने चाहना कस्को नहुदो होला र यो दुनियाँमा तर सबैको भाग्यमा चोखो माया अनि मनपर्ने मान्छेको त्यो प्यारो काख अनि साथ कहाँ हुदोरहेछ र ।  हो दुनियाँका ती अभागीहरू मध्ये म पनि एक हु ।
म कोर्दैछु आज मनका भावनाहरू यी सेता कागजका खाली पन्नाहरूमा, मध्यम परिवारमा जन्मेको म रहर सपना पुरा भएर खुसि र सुखको अनुभूतहरु खासै भएन् । सरकारी स्कुलबाट सुरू भएको मेरो अध्यान उत्कृष्ट हुने कुरै थिएन। जेनतेन अक्षर चिन्दैगए, पाँच कक्षा जसोतसो पास गरे ।
उमेर बढ्दैथियो नयाकुरा सिक्ने रहर र चाहना थपिदै थिए । घर नजिकै रहेको प्राथमिक बिध्यालयबाट पाँच पासको सर्टिफिकेट निकालेर नजिकैको नि. मा.वि स्कुलको कक्षा ६ मा भर्ना गरिदिनु भो बुबाले मलाई  ।
कक्षा ६ को पढाइ सुरू गर्दैगर्दा दिनहरू बित्दै गए, समय चक्रपरिकर्मित र परिवर्तित थियो । समयसँगै ऋतुहरू बदलिरहन्थे कहिले वसन्त त कहिले शिशिर त कहिले …..

जुनसुकै ऋतुमा पनि सधै रमाइलो लाग्थ्यो । साथिहरू धेरै जसो मनमिल्ने खालका थिए भने कति हाई हेल्लो मै सिमित थिए । कक्षा ६ र ७ को पढाइ सकिएछ कतिछिटै पत्तै भएन् । कतिसाथी ६,७ मै छाडीए अनि कति सँगै थिए कति थपिए पनि …….
उनको मेरो भेट यसै कक्षाबाट सुरू भयो । सुरू सुरूमा खासै ध्यान जादैन्थ्यो उनितिर तर खै किन हो कुन्नि नपाउने चिजको माया धेरै लाग्छ रे, त्यसैले होला उनिप्रति आकर्षित हुदैगए म , मृगका जस्ता उनका आँखा जुधिहाल्थे कहिलेकाही हतपत शिर झुकाउथे म ,सुर्यको जस्तो किरण थियो उनको अनुहार देख्नासाथ मुन्टो लुकाउथे म , तर उनले नदेख्ने गरि उनलाई हेरिरहन खुब मज्जा आउथ्यो उनको बोलाई, हिडाई देखेर त पागलै हुन्थे म ..थाहै थिएन मलाई के हुदैछ भनेर, सोध्न मन थियो कसैलाई तर सोधिहाल्ने मान्छे कोहि थिएन,  ४ बजे छुट्टि नै नभए हुन्थ्यो नि जस्तो लाग्थ्यो कहिलेकाही.. पिउन दाईले घण्टी किन बजाएका होलान् भनेर रिस उठ्थ्यो दिनदिनै, घर फर्कने बेला उनी त्यो उनी घर जाने बाटो रहेको डाडो नकटुन्जेल हेरिरहन्थे ..मेरा सबै साथीले छाडेर जान्थे, उनलाई हेर्दाहेर्दै ढिला भएर कति पटक त एक्लै घर फर्किएको थिए ।  कहिले स्कुल पुगेर उनलाई हेरौला भन्ने चाहना र कल्पनाको ठुलो पोको मनमा सजाएर बिहानै ८ बजेनै निस्कन्थे । निकै हतार हुन्थ्यो । उनि बाहेक केही हुन्नथ्यो मन अनि मनसपटलमा, सोच्थे भगवानले कसैलाई त कति राम्रा बनाउछन्  ।

अनि कति कठोर दिल दिन्छन् कसैलाई माया गर्ने र फेरि चटक्कै माया मारेर बस्नुपर्ने कठोर बनेर । थाहा नपाए जस्तै गरि लाटो बनेर …..

बोल्ने आटै थिएन उनिसँग । म कसरी भन्न सक्थे माया गर्छु भनेर, सधैभरी उनको नाममा कल्पनाको सागरमा डुबुल्की मारीरहे त् कहिले कविता र भावना लेखिरहे, कापीकलम खोल्नासाथ पढाईमा भन्दा उनको अनुहार सम्झदै उनको आकृति बनाउन अनि कविता लेख्नमै ध्यान जान्थ्यो, कहिले मसिले लेख्थे त कहिले रगतले लेख्थे……..

क्रमश….
” बिछोडीएको प्रेम कहानी”  भाग-२ को प्रतिक्षा गर्नुहोला ।

लेखक प्रमोद भट्ट 

१८ मंसिर २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको