भुवन बुढाको म्युजिक भिडियो ‘वचनले त घाम झारयो जुन झारयो’ सार्वजनिक


पृथीछक बुढा- लामै समय देखि युएईलाई आफ्नो कर्मथलो वनाउंदै आउनु भएका सर्जक तथा गायक भुवन बुढा मगरको वचनले त घाम झारयो जुन झारयो’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मिनी म्युजिक प्रा.लीले भर्खरै वजारमा ल्याएको गीतमा शब्द तथा लय गायक स्वयं भुवन बुढाको रहेको छ भने स्वरमा चुमान काउछा मगर र विमला मगरको रहेको छ । अभिनयमा राज रावत र श्रेया राना मगरले गर्नु भएको छ ।
पूर्वी रुकुमको ऐतिहासिक गाउँ महतमा जन्मिएका भुवन करिव दुई दर्जन भन्दा बढी गीतमा स्वर दिनु भएको छ भने करिव त्यतिकै संख्यामा शब्द सर्जकको रुपमा आफुलाई परिचित गराउनु भएको छ ।

२०७४ कार्तिक १८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको