घरबार बिहिनहरुको घर बनाउन जुटे रबि लामिछाने


पोष्टपाटी/काठमान्डौ, २० भाद्र

प्राकृतिक सम्पदाको धनि देशका गरिव जनता हौ हामी । सम्पन्नशालि नेताका घरबार बिहिन नागरिक हौ हामी र यहि पहिचानमा ज्युउनु हाम्रो नियति बनेको छ । तर हरेस खाइ हाल्नु पर्ने छैन, यहाँ परोपकारी महान आत्मा भएका मानवहरु पनि छन् हाम्रो साथमा । त्यसैले त आज यो देशमा दया, माया र सद्भावको खानि बनेको छ ।

हामी गरिवहरुलाई केहि बर्ष अधि भुकुम्पले चुट्नु सम्म चुट्यो, अनि दयावान धुर्मुस सुन्तलीहरुको हात फैलिदा आज एकीकृत बस्ति बन्यो। जसले सर्वस्व गुमाएर आँशु रित्याएकाहरुलाई हाँसो थम्याई दिए।

आज मधेशलाई बाढीले लुट्नु सम्म लुट्यो अनि रबिहरुको हृदय पनि पग्लिएका छन, र बगेका बस्तीहरुमा शुभ उदाउने तरखर भैरहेको छ ।

हिजो धुर्मुस सुन्तलीका हृदयहरु खुल्दा भूइचालोले सोत्रान पारेका बस्तीहरु उठे। आज रबिहरु जुर्मुराउदा बाढीमा चुर्मुम डुबेको मधेश आशा बोकेर अंकुराउने चेष्टा गर्दैछ र डुबेका यी बस्तीहरु उठेरै छाड्ने छन्, पुरा बिश्वास छ ।

‘सिधा कुरा जनता संग’ का चर्चित प्रस्तोता रबि लामिछाने आज प्रत्यक्ष मधेसी जनताको उदाङ्गो छाप्रोमा पुगेका छन् । खासमा बाडीले उजाड पारेको बस्ति निर्माणमा उनि त्यहाँ पुगेका हुन् । उनको टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनता संग’को प्रभावले थुप्रै पिडितहरुलाई न्याय मिलेको सर्बबिदितै छ । त्यसकारण पनि धेरै नेपालीहरुको बिश्वासको पात्र बनेका छन् रबि ।

देश बिदेशमा रहेका दयालु हृदयहरुले बाढी पिडितको लागि भनेर संकलन गरेको रकम रबि लामिछाने मार्फत बस्ति निर्माणमा टेवा पुर्याउने भएका छन् । तिनै देश भित्र र बाहिर रहेका सहयोगी मनहरुको सहयोग बोकेर उनि जव सप्तरीको तिलाठी कोइराला पुग्छन तव उनले कल्पना भन्दा बाहिरको दृश्य भेटाए, त्यसपछि रबि लामिछाने भन्छन ‘अरु गरीब देशका दर्दनाक तस्बिरहरु देख्दा कहिलेपनि लाग्दैनथ्यो कि हाम्रो देशमा पनि यस्तो स्थान र मानिस छन्’ ।

हो त्यहाँ गरिबको घरबास छैन, लाउने गतिलो लुगा छैन, मिठो खाने एक छाक खाना छैन । बिकराल समस्याहरु देख्दा यो देश हाम्रो हो जस्तो कसैलाई लाग्दैन ।

बाढीले धनजनको क्षेती गरेको बेला देश बाहिर र भित्र बस्ने दयालु मनहरुबाट जुटेको सहयोग बोकेर पिडितका लागि दीर्घकालीन परियोजना बोकेर तिनै गरीबहरुको बस्ति निर्माणमा रबि लामिछाने त्यहाँ पुगेका हुन्, र तिनै सर्वस्व गुमाएकाहरुको नाङ्गो आगनमा उभिएर रबि लामिछानेले प्रण गर्छन, ‘आज सगौरव भन्न चाहन्छौ यो बस्तीका करीब ९० घर मध्ये अधिकतम घरहरु बनाएरै छोड्ने छौ।‘ यसरि उनले घरबास बिहिन नावालकलाई काखमा च्यापेर भाबुक प्रतिबद्धता जाहेर गरे । उनको यो दूरदर्शी योजनाले धेरैलाइ खुसि तुल्यायो । रबि लामिछानेको यत्रो हिम्मत जुट्नुका पछाडी संसार भर रहेका तिनै मनकारी हातहरु नै बलिया आधारहरु हुन् ।

त्यसैले रबि लामिछानेले आत्म बिश्वासका साथ् निर्धक्क भएर भन्छन, ‘यती धेरै दर्शकहरूको साथ र बिश्वास के का लागि त? अब हामी सप्तरीको तीलाठी,कोइलाडीको यो गरीब दलित बस्ती बनाउदै छौ ‘।

यसरि देश र समाजका लागि नमुना कार्य गर्छु भन्नेहरुलाई साथ र सहयोगको जरुरि हुन्छ, जरुरिको पक्षमा उभिनुलाई मानवीय धर्म भनिन्छ । रबि लामिछाने र उहा संगै बस्ति निमाणमा जुट्ने परोपकारी हातहरुलाई नमन छ, संसार भरका परोपकारी हातहरुको साथ् अबस्य मिल्नेछ ।

भगवान कुनै मन्दिरमा हुदैनन्, यस्तै हृदयवान मानव मस्तिष्कमा भेटिन्छन। जो तिनै घरबार विहीनहरुका लागि आज रबि पनि अग्निपरीक्षा उभिएका छन् । रबि मात्र होइन रबि संगै हातेमालो गर्ने परोपकारी मनहरु नै असली भगवान हुनेछन् ।

शायद प्राकृतिले पनि यो देशमा गर्छु भन्नेहरुलाई यसरि दुनियालाई नाङ्गो बनाएर अग्निपरीक्षामा उभ्याएको हुनुपर्छ । उक्त अग्निपरीक्षाबाट शाहासी कदममा सफल हुनेहरु युगौ युग सम्म भगवानको स्वरूपमा गरिवको मनमा बासबसी रहनेछन। यसको ज्वलन्त उदाहरण हुन् धुर्मुस सुन्तली, र यस्तै पाइलो पछ्याउदै कदम चाल्ने हिम्मतवाला रबि ज्युलाइ पनि सद्भाव प्रकट गर्नैपर्छ, सबैले साथ् सहयोग दिनै पर्छ. अनि मात्र उन्मुक्तिको संसारमा पुगिने छ ।

प्रस्तुति पोष्टपाटी सम्पादक केबी गुरुङ

 

१९ भाद्र २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको