मेरो यात्रा हजार माइलको लामो छ
मेरो अगाडि सुन्दर उज्ज्वल भविष्य छ
मेरो पछाडि लामो कहानी छ
मेरो पिठ्युँमा न्याय र मुक्तिको भारि छ
मेरो काँधमा देशको काचुलि फेर्ने
थप जिम्मेवारी सुम्पियको छ
मलाई चुप लागेर बस्ने फुर्सद छैन
अन्याय अत्याचारका बिरुद्ध लड्नु छ
मलाई हात बाधेर बसिरहने समय छैन
मेरो हातमा रक्तिम कलम छ
जुन बिरता र वलिदानका स्वर्णिम इतिहास कोर्नु छ
अँह म त थाक्दै नथाक्ने एक निडर अथक बटुवा हुँ
मेरो केवल एउटा मात्र लक्ष्य छ
एउटा मात्र सुन्दर सपना छ
मलाई बिश्राम गर्ने समय छैन
यतिबेला सर्बहारा बर्गको भाग्यरेखा कोर्न ब्यस्त छु
युद्ध मोर्चाको एक छेउबाट संसारको चित्रण गरिरहेकि छु
मैले फोगटियामा दिन बिताउनु छैन
इतिहासले सुम्पेको अभिभारा पूरा गर्नु छ
शहिदका अधुरा सपना साहाकार पार्नु छ
अढाई करोड जन्ताको अंगरक्षक बन्नु छ
जनमुक्ति सेनाको एक सिपाहि बनेर
आँधीमय भिषण मोर्चा लड्नु छ
मेरो यात्रा रोक्न खोज्ने
बिशालु काडाहरु पन्छाउनु छ
मेरो अगाडि बिछ्याइएका बिद्धुतिय
धरापहरु निष्कृय पार्नु छ
म बिचारमा हार्दै नहार्ने एक अबिचलित बटुवा हु
चाहे मेरो अगाडि मृत्युका धरापहरु थापिएका होलान
चाहे मेरो हात खुट्टाहरु चिरेर
जिबन्त घाउमा नुन चुक हालियलान
भौतिक शरीर फाँसीको फन्दामा ज्युदै झुण्ड्याइयलान
म हजारौं पाषविक यातना भोग्न तयार छु
म आफ्नो जिबनदान गर्न राजि छु
तर म सद्धैभ आजीवन भरि नथाक्ने,
नझुक्ने, नरुक्ने अबिचलित अथक वीर योद्दा
बन्न बर्गसंघर्षको रापिलो भट्टिमा खारिदै छु
आँखाको नानि र मुटुको ढुकढुकिमा सजिन
प्रदिप्त ज्योति सँग मुस्कुराउदै
सौन्दर्यको प्रतीक बनिरहन
महान यात्रामा सद्धैभ लडिरहन
म यसैको पक्षपाति एक अथक बटुवा हुँ
म त एक वीर भूषण हुँ
मैले प्रत्यक यातनाका हस्तचक्रहरुमा
आस्था र उदेश्यको महान बाटो कोर्न
मेरो काँधमा
मेरो साथमा
मेरो कर्ममा
मेरो जिम्यवारमा जे परे पनि
भबिस्यबाणी र बैज्ञानिक्ताको आदर्शबाट पूरा गर्न
म एक अथक निष्टावान र कर्तव्यशिल बटुवा हुँ
म एक अथक युद्ध यात्रि हुँ
।। समाप्त ।।
मिना कुमारि शाहि (शुभेच्छा) को युद्द बेला रचना
मिति २०६१/८/१३
प्रतिक्रिया दिनुहोस