भारतको चर्चित कपिलको कमेडी शो बन्द, उनका फ्यानहरु निकै निराश


भारतीय चर्चित टिभी कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द भएको छ। कयौं महिनादेखि चर्चाको विषय बनेको कपिल शर्माको लोकप्रिय कमेडी शो ‘द कपिल शर्मा शो’ अहिले सोनी टिभीमा प्रसारण हुन् छाडेको छ। कपिलको विग्रदो स्वास्थ्य अवस्थाको कारण शो बन्द गर्नुपरेको च्यानलले जनाएको छ। उनको स्वास्थ्य अवस्था ठिक नहुँदा कयाैँ ठुला बलिउड स्टारहरु शुटिङ नगरि फर्किएका थिए।

यति बेला कपिलको शो बन्द भएका कारण संसार भर रहेका उनका फ्यानहरु निकै निराश भएका छन्।

फ्यानसँगै भारतमा कमेडीको पहिचान दिलाउने कमेडियन सुनील पालले कपिलको शो बन्द भएकोमा निकै दुख व्यक्त गरेका छन्। उनले फेसबुकमा एक भिडियो पोस्ट गर्दै उक्त खबरमाथि दुख पोखेका छन्। उनले कमेडियन कपिल र सुनीलको सम्बन्ध विग्रिएकोमा पनि दुख व्यक्त गरेका छन्। सुनीलले दुई विनाको कमेडि राम्रो नहुने भन्दै मिलेर काम गर्न सुझाव दिएको बताउँदै अहिले उनीहरुको झगडाको फाइदा अरुले लिएकोमा दुख व्यक्त गरेका छन्।

उनले सुनीलसँग छुट्टीएपछि कामको जिम्मा सबै कपिलमाथि आएकोले उनी विरामी भएको भन्दै सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। अहिले कपिलको शो को ठाउँमा कृष्णाको शो द ड्रामा कम्पनि आउने भएको छ।

सोनी इन्टरटेनमेन्ट च्यानल च्यानलले एक विज्ञप्ती जारी गर्दै केहि समयका लागि शो बन्द हुने जानकारी गराएको थियो। च्यानलले सार्वजनिक गरेको विज्ञप्तीमा कपिलको स्वास्थ्य अवस्था ठीक नभएको कारण शो बन्द गर्नुपरेको जनाएको थियो।

कपिलको अस्वस्थ्यताको कारण नयाँ एपिसोडको शुटिङ हुन सकिरहेको थिएन र च्यालनसँग अरु बचत एपिसोड पनि नभएको कारण केही समय शो बन्द गर्नुपरेको उल्लेख गरेको छ। च्यानलले कपिलको स्वास्थ्य ठीक नभएसम्म र नयाँ एपिसोडको शुटिङ नभएसम्म शो बन्द गर्ने निर्णय गरेको जनाएको थियो । नयाँ शो शुटिङ नभएसम्म च्यानलले उनको पुरानै एपिसोड पुनः प्रसारण गर्नेछ।

अब कपिलले पनि केही समय ब्रेक लिन पाउनेछन्। स्वास्थ्य ठीक भएपछि उनी पुनः कार्यक्रममा फर्कनेछन्। केही दिन अगाडी मात्रै कपिलले सोनी च्यानलसँग शो को लागि १ वर्षको म्याद थप गरेका थिए।

१९ भाद्र २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको