पोष्टपाटी/युएई अबुधावी
नेपाल आइडलका जजहरु देखि रुष्ट भएका एक व्यक्तिले कतारमा हुने नेपाल आइडल फाइनलमा जजहरुलाई जुत्ताको माला लगाइदिन र जुत्ताले हान्न जुटा कलेक्सन अभियानमा जुटेको बताएका छन् ।
युएईको अबुधाबीमा रहेका उमेश राईले नेपाल आईडलका जजहरुलाई जुत्ताको माला लगाई दिने बताएका हुन् । उनले आफ्नो फेसबुक मार्फत २१ सेप्टेम्बर सम्म जुता कतारमा पुग्नेगरि पठाई दिन सबैलाई अनुरोध समेत गरेका छन् ।
नेपाल आइडलका जजहरु ईन्दिरा जोशी, काली प्रसाद बास्कोटा र न्ह्यू बज्राचार्यले नेपाल आइडलमा पक्षपाती कमेन्ट र निर्यण गरेको भन्दै असन्तुष्टि जनाएका छन र आगामी कतारमा हुने नेपाल आइडलको फाइनलमा जुत्ताको माला लगाइदिन आव्हान गरेका छन् ।
आफु सँग भएका जुत्ताहरुको कलेक्सन आफ्नो फेसबुकमा पोष्ट गर्दै भनेका छन् ‘म संग फोटोमा भएको जत्ति थोत्रे जुत्ता हरु नेपाल आइडल जजहरुको लागि उपाहार स्वरुप डीएचएलबाट कार्गो गरेर कतार पठाई सकेको छु ।
नेपाल आइडलको ३३औ एपिसोडमा जजहरुले आफ्नो पावर प्रयोग गरेर ३७ लाख २० हजार २ सय ८० भोटहरुलाई बद्दर गर्दै सबै प्रतियोगीहरुलाई सुरक्षित गरे। यो नै नेपाल आइडलको पैसा कमाउ धन्दा भएको भन्दै देश बिदेशमा रहेका नागरिकबाट तिब्र आलोचना बढेको छ।
खासगरि फ्यानहरुले नेपाल आइडलको प्रतियोगितामा मन पर्ने गायकलाई जिताउन हजारौ रकम खर्चिएर भोट गरेका थिए तर नेपाल आइडलले भने तिनै लाखौ भोटरहरुको भोटको अवमूल्यन गर्दै आफ्नो कृतिम पावर प्रयोग गरेर लुट्ने धन्दामा तल्लिन भएको छ। यसले लाखौ फ्यानहरु चिडीएका छन्।
प्रतिक्रिया दिनुहोस