देवी ज्ञवालीले पुन: मतपत्र च्यात्ने धम्की दिए


आज भरतपुर महानगरपालिका वडा नं. १९ काे मतदान सकिएको छ। मतदान सकिए लगतै मतगणनाकाे लागि दलीय बैठक बस्ने क्रममा एमालेबाट मेयरमा उम्मेदवारी दिएका देवी ज्ञवालीले सार्बजनिक रुपमै पुन ः मतपत्र च्यात्ने धम्की दिएका छन् ।

भर्खरै बसेकाे दलीय बैठकका क्रममा निर्वाचन अायाेगका कर्मचारी तथा अन्य सुरक्षा निकायका पदाधिकारीहरूले मतगणनाभरी पार्टीकाे प्रतिनिधि फेर्न नपाउने नियम बनाएकाे जानकारी गराएका थिए ।

अायाेगका पदाधिकारीले मतगणनास्थलमा पार्टीकाे प्रतिनिधि फेर्न नपाउनुका साथै बढीमा २ जनाभन्दा बढी प्रतिनिधि राख्न नपाउने बताएपछि ज्ञवाली कड्किएका थिए ।

ज्ञवालीले २ जना मात्रै बसेर नहुने बताउँदै प्रतिनिधि ५ जनासम्म राख्न पाउनुपर्ने माग राखेका थिए । ५ जना भएकाे खण्डमा मतगणनाकाे कुनै असर नपर्ने उनकाे भनार्इ थियाे ।

त्यसाे नभएकाे खण्डमा मतगणनास्थलमा जे पनि हुन सक्ने उनले बताएका छन् । ‘तपाइहरूले मात्रै भनेकाे हुनुपर्छ भन्ने नै हाे भने मतपत्र फेरि च्यातिन सक्छ, मलार्इ जे गर्न सक्नुहुन्छ गर्नुस्।’ ज्ञवालिको भनाइ थियो

२० श्रावण २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको